धौलागिरी अस्पतालमा परीक्षण गराउन आएका ३७ जना बिरामी मध्य ७ जनामा डेंगु !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ असोज ७ । डेंगु रोगको महमारीको समाचार प्रकाशमा आईरहेको अवस्थामा बागलुङ सदरमुकाम स्थित धौलागिरी अस्पतालमा परीक्षण गराउन आएका ३७ जना बिरामीहरु मध्य जम्मा ७ जनामा डेंगु रोग फेला परेको छ ।

अस्पातालका बरीष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट सुरज बरालका अनुसार डेंगु रोग देखिएका ७ जनामा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।

अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले दिएको जानकारी अनुसार परीक्षणमा पोजेटिभ देखिएका ७ जना बिरामीहरु पोखरा, काठमाडौ तिर बस्दै आएका बागलुङबासी हुन् । उनिहरु सबैलाई थप उपचारका लागी पोखरा रिफर गरिएको उनले बताए ।

डेंगु रोगको परीक्षण गर्ने किट धौलागिरी अस्पतालमा उपलव्ध भएपनि जिल्लाका बुर्तिवाङ, कुस्मीसेरा र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा किट उपलव्ध नभएको जानकारी प्राप्त भएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले जिल्लाका स्वास्थ्य केन्द्रहरु आफैले खरीद गरी ल्याएको भए हुन सक्ने बताउदै अहिले स्वास्थ्य कार्यालयमा केहि किट मौज्दात रहेको बताए ।

डेंगु रोगबाट संक्रमित भिमापोखराका २० वर्षिय युवक धौलागिरी अस्पताल भर्ना !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !