हल्का बिमारी भएर आफै निको हुने डेंगु भाईरसको संक्रमण गम्भीर बनेर प्राणघातक हुनसक्छ !

डा. सुदिप खड्का

डेंगु भाईरसको संक्रमणले गर्दा हुने डेंगु रोग अहिले नेपालमा महामारीको रुपमा फैलिएको छ। साधारणतया कुनै लक्षण नदेखिइ अथवा हल्का बिमारी भएर आफै निको हुने डेंगु भाईरसको संक्रमण कुनै-कुनै अवसरमा भने गम्भीर रोगको रुपमा बिकसित हुनगई संक्रमित मान्छेको मृत्यु सम्म हुन सक्छ। हाल यो रोग नेपालको तराई क्षेत्र मात्र नभई हिमाली जिल्लासम्म पुगेको छ र दिन प्रतिदिन स्थिति भयाबह हुदैछ । डेंगु भाईरस एइडेस (Aedes) प्रजातिको लामखुट्टेले सार्ने गर्दछ। डेंगु संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले नया असंक्रमित व्यक्तिलाई टोकेपछि यो रोग सर्दछ। तर डेंगु भाईरसको संक्रमण हुदैमा रोग भने नलाग्न पनि सक्छ। औसतमा केवल २५% संक्रमित व्यक्तिहरुमा मात्र रोगको लक्षण देखा पर्ने गर्दछ। तर रोगको लक्षण नदेखिए पनि भाइरस संक्रमित एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग लामखुट्टेको टोकइबाट सर्न भने सक्छ। अन्य सरुवा रोग जस्तो यो रोग संगै खादा-बस्दा, सम्पर्क गर्दा, स्वास-प्रश्वासको माध्यम वा खाने कुराको माध्यमबाट भने सर्दैन।

मुख्य बुदाहरु:

* अहिले देखिएको भन्दा चार गुना बढी डेंगु संक्रमित हुन सक्ने

* भविष्यमा अति भयाबह महामारी फैलिन सक्ने।

* डेंगुका कारण मृत्यु संख्या सयौबाट हजारौमा पुग्न सक्ने।

* डेंगु प्रभावित छेत्रमा जीका लगायतका भयानक रोग संक्रमणको खतरा।

लामखुट्टेले टोकेको ४ देखि १० दिन पश्चात यो रोगको लक्ष्यण देखा पर्दछ। अधिकांस मानिसमा यो रोग २ देखि १० दिनको ज्वरो, जिउ दुख्ने, रिंगटा लाग्ने, हाडजोर्नी दुख्ने, आखा दुख्ने, छालामा राता धब्बा देखिने जस्ता लक्ष्यण पश्चात आफै निको हुने गर्दछ। तर केहि बिरामीहरुमा यो भाईरसको संक्रमण पश्चात यो रोग “गम्भीर डेंगु रोग” बन्न गई, अन्तरिक रक्तश्राव हुन गई मृत्यु सम्म हुन सक्छ। बिशेशत: ज्वरो सुरु भएको ३ देखि ७ दिन पश्चात तापमान केहि कम हुन जाने तर पेट दुख्ने, वाकवाकी हुने, गिजा नाक बाट रगत आउने, उल्टी वा दिसामा रगत देखिने, जिउ सुन्निने, कमजोरी हुने, तिब्र स्वासप्रसास हुने, थकान हुने तथा झिझो लाग्ने जस्ता लक्ष्यण देखिएमा बिशेष सतर्कता अपनाउनु पर्छ। यी सबै गम्भीर डेंगु का लक्ष्यणहरु हुन्। एस्तो अवस्थामा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गरेर उपचार गराउनु जरुरि हुन्छ। जटिल बाहेक अन्य अवस्थामा भने सिटामोलको प्रयोग गरेर ज्वरो नियन्त्रण गर्न सकिन्छ तर ज्वरो तथा दुखाई कम गर्न ब्रुफ़ेन (ibuprofen) वा येस्पिरिन (aspirin) को प्रयोग भने गर्नु हुदैन।

लामखुट्टेले टोकेको ४ देखि १० दिन पश्चात यो रोगको लक्ष्यण देखा पर्दछ। अधिकांस मानिसमा यो रोग २ देखि १० दिनको ज्वरो, जिउ दुख्ने, रिंगटा लाग्ने, हाडजोर्नी दुख्ने, आखा दुख्ने, छालामा राता धब्बा देखिने जस्ता लक्ष्यण पश्चात आफै निको हुने गर्दछ। तर केहि बिरामीहरुमा यो भाईरसको संक्रमण पश्चात यो रोग “गम्भीर डेंगु रोग” बन्न गई, अन्तरिक रक्तश्राव हुन गई मृत्यु सम्म हुन सक्छ।

हालै मैले कुराकानीको क्रममा डेंगु सम्बन्धित विभिन्न अफवाह समाजमा फैलिदै गरेको सुने। समाजमा ब्याप्त हुदै गएको हल्ला जस्तो यो रोग मलेरिया बिग्रेर हुने रोग होइन। डेंगुको भाईरसले अरु कुनै रोग लाग्दैन। मलेरिया प्लास्मोडीयम (plasmodium) भन्ने परजीबीले लाग्छ भने डेंगु रोग येही नाम गरेको भाईरसले गर्दा। मलेरिया र डेंगुका केहि लक्ष्यणहरु उस्तै-उस्तै भएपनि यी एक अर्कासंग पूर्णरुपमा असम्बन्धित रोगहरु हुन्। तसर्थ मलेरियाको लागि प्रयोग हुने कुनै पनि औसधि डेंगु बिरुद्द काम गर्दैनन्। साथै डेंगु भाईरसले गराउने रोग भएको हुनाले कुनै पनि एन्तिबायोटिकले एसका बिरुद्ध काम गर्दैन। चिकित्सकको सल्लाहबिना वा अन्जानमा एन्तिबायोटिकको सेवन गर्नाले उल्टो सरिरमा भएका लाभदायी परजीव हरुलाई असर गरेर लाभ भन्दा हानि गर्ने सम्भावना प्रबल हुन्छ।

तर रोगको लक्ष्यण नदेखिए पनि भाइरस संक्रमित एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग लामखुट्टेको टोकाइबाट सर्न भने सक्छ। अन्य सरुवा रोग जस्तो यो रोग संगै खादा-बस्दा, सम्पर्क गर्दा, स्वास-प्रश्वासको माध्यम वा खाने कुरा को माध्यमबाट भने सर्दैन।

मलेरिया र डेंगु दुवै रोग लामखुट्टेले सार्ने भए पनि मलेरिया सार्ने र डेंगु सार्ने लामखुट्टेका प्रजाति फरक छन्। त्येसैले यी लामखुट्टेको नियन्त्रण पनि केहि फरक रुपमा गर्नु पर्ने हुन्छ। नेपालको अधिकांश जनघनत्वो भएको छेत्रमा लामखुट्टेको प्रजनन तथा विस्तार अझै केहि महिना सम्म हुने हुदा त्येही अनुरुप अरु केहि महिना यो रोगको प्रकोप अझै फैलिने अनुमान गर्न सकिन्छ भने जाडो यामको आगमनसंगै यो महामारी केहि मत्थर हुने सम्भावना छ। यो लामखुट्टेको प्रजाति घर भित्र तथा घर बाहिर दुवै ठाउमा पाइनुका साथै दिनको समयमा पनि टोक्ने हुदा बिशेष साबधानी अपनाउनु जरुरि छ। लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग लाग्न नदिने सबै भन्दा राम्रो उपाय हो। तसर्थ यो रोग फैलन नदिनुमा लामखुट्टे नियन्त्रण नै हाल सम्मको सबै भन्दा भरपर्दो उपाय हो। व्यक्तिगत रुपमा तथा संस्थागत, स्थानीय र केन्द्रिय सरकारले गर्ने लामखुट्टे नियन्त्रणका कार्यक्रमहरु संचालन गर्दा सम्बन्धित बिज्ञको सल्लाहमा उचित लामखुट्टे नियन्त्रण प्रबिधि अपनाउन जरुरि छ अन्यथा यथेष्ट प्रयास तथा खर्चका बाबजुद यो महामारी नियन्त्रणमा ल्याउन कठिन हुनेछ। सवारी साधन मार्फत हुने स्थानान्तरण नै लामखुट्टे तथा यो संक्रमण फैलिने सबै भन्दा छिटो र भरपर्दो माध्यम हो। तसर्थ यो लामखुट्टे तथा भाइरस फैलिनबाट जोगाउन एक स्थानबाट अर्को स्थान आवत-जावत गर्ने सवारी साधनलाई किटनाशक प्रयोग गरि लामखुट्टे बिहिन बनाउन हामी सबैले आफ्नो तर्फ़बाट पहलकदमी गर्न सकिन्छ। सम्बन्धित निकायहरुले पनि धेरै आवत-जावत हुने बसपार्क, एयरपोर्ट, नाका, गोदाममा बिशेष रुपमा लामखुट्टे नियन्त्रणका कार्यक्रम संचालन गर्न जरुरि छ।

हालसम्म डेंगु रोग उपचार गर्ने प्रमाणित औषधि छैन। यो पंक्तिकार स्वयंको अगुवाईमा अमेरिका स्थित बैज्ञानिकको टोलिले केहि वर्ष पहिले मात्रै पहिलो पटक डेंगुले मानब शरीरमा रहेका कुन कुन प्रोटिन तथा जैविक प्रक्रियामा असर गर्छ भन्ने अनुसन्धान गरि पत्ता लागएको थियो । त्यसै क्रममा हामीले केहि सम्भाभ्य औषधिको समेत अनुसन्धान गरेका थियौ। तर हामी लगायत अन्य बैज्ञानिकको टोलिले अनुसन्धान गरेका विभिन्न औषधि तथा भ्याक्सिनहरु अझै पनि अनुसन्धानका विभिन्न चरणमा छन्

हालसम्म डेंगु रोग उपचार गर्ने प्रमाणित औषधि छैन। यो पंक्तिकार स्वयंको अगुवाईमा अमेरिका स्थित बैज्ञानिकको टोलिले केहि वर्ष पहिले मात्रै पहिलो पटक डेंगुले मानब शरीरमा रहेका कुन कुन प्रोटिन तथा जैविक प्रक्रियामा असर गर्छ भन्ने अनुसन्धान गरि पत्ता लागएको थियो । त्यसै क्रममा हामीले केहि सम्भाभ्य औषधिको समेत अनुसन्धान गरेका थियौ। तर हामी लगायत अन्य बैज्ञानिकको टोलिले अनुसन्धान गरेका विभिन्न औषधि तथा भ्याक्सिनहरु अझै पनि अनुसन्धानका विभिन्न चरणमा छन् र मानव उपचारकोलागि सिद्ध भैसकेका छैनन्। तसर्थ प्रमाणित औषधि नभएको अवस्थामा जथाभावी औषधि प्रयोग गरेर उपचार गर्न खोजेको खण्डमा नतिजा झन् नकारात्मक हुने डर हुन्छ। सनोफी-पास्चर कम्पनिले केहि समय पहिले मात्रै डेंगु बिरुद्ध एउटा भ्याक्सिन बिकाश गरेको छ। यो भ्याक्सिन प्रारम्भिक परिक्षणको क्रममा केहि फलदायी देखिए पनि पछि अनुसन्धानको क्रममा यो भ्याक्सिन पहिले एक पटक संक्रमण भई सकेका बिमारीहरुमा मात्र फलदायी भएको पुस्टि भयो। पहिले डेंगु संक्रमण नभएका बिमारीले यो भ्याक्सिन प्रयोग गर्दा पछि डेंगु लागेको खण्डमा झन् गम्भीर र घातक डेंगु रोग लाग्ने देखियो। तसर्थ संक्रमणको पहिलो चरणबाट गुज्रिदै गएको नेपालको संधर्वमा अहिले भ्याक्सिनको प्रयोग उपयुक्त नतिजा मुलक नहुने देखिन्छ। मुलत: अहिले डेंगु लाग्ने नदिने तर लागि हालेको खण्डमा स्वास्थ्यकर्मीको सल्लाहमा पोसक तत्वो सेवन गरेर येथेस्त आरामका साथ् स्याहार गर्नु नै सबै भन्दा फलदायी हुन्छ।

हालसम्म चर्चामा नआएको तर सबै भन्दा गम्भीर बिषय भनेको भविष्यमा हुन सक्ने महामारी र एसले पार्न सक्ने असरको बारेमा हो। डेंगु भाइरसका चार फरक प्रजाति हुन्छन। चारै प्रजातिको संक्रमणले गर्दा यो रोग लाग्न सक्छ। कुनै एक डेंगु भाइरसको प्रजातिले संक्रमण गरिसकेको व्यक्तिलाई कालान्तरमा दोस्रो प्रजातिले संक्रमण गरेको खण्डमा गम्भीर डेंगु रोग लाग्ने सम्भावना प्रबल हुन्छ। केवल ४ मा १ व्यक्तिमा मात्रै डेंगु रोगको साधारण लक्ष्यण देखिने हुनाले अहिले पनि देखिएको भन्दा निक्कै गम्भीर रुपमा डेंगु फैलिसकेको अवस्था छ। तर भविष्यमा अन्य प्रजातिको डेंगु नेपालमा फैलेको खण्डमा अहिले लक्ष्यण नदेखिएका तर संक्रमित व्यक्तिहरुलाई समेत गम्भीर डेंगु रोग लाग्ने सम्भावना निक्कै छ। अहिलेकै अनुमानलाई आधार मान्ने हो भनेर आजकै मिति देखि डेंगु महामारी अन्त्य हुने हो भने पनि भबिस्यमा अर्को प्रजातिको संक्रमण फैलेको अवस्थामा अहिले संक्रमित भन्दा चार गुना धेरै व्यक्तिलाई गम्भीर डेंगु रोग लाग्ने देखिन्छ। त्येस्तो परिस्थितिमा डेंगुका कारण हुने मृत्युदर निकै उच्च हुने र स्थिथि निकै भयाबह हुने प्रछेपन गर्न सकिन्छ। अहिले नेपालमा फैलेको र संक्रमण गरेको प्रजातिको पहिचान गरि एक भन्दा बढी प्रजाति ब्याप्त रहेछन भने अझै गम्भीर ढंगले नियन्त्रणमा लाग्नु पर्ने हुन्छ अन्यथा यो महामारीले भविष्यमा निक्कै भयाबह रुप लिन बेर लगाऊदैन। साथै भबिस्यमा अन्य प्रजातिका डेंगु भाइरस मुलुकमा फैलिन नसकुन भनेर गम्भीर रुपमा लाग्नु अत्यन्तै जरुरि छ।

बिगतमा नेपालमा एइदिस प्रजातिका लामखुट्टेको प्रकोप खासै नभए पनि अहिले मुलुकभर फैलिएको देखिन्छ। यो प्रजातिको लामखुट्टेले डेंगु मात्रै हैन जीका (zika), एल्लो फिवर (yellow fever), वेस्ट नाईल फिवर (West Nile fever) भाइरस जस्ता अन्य गम्भीर रोग लगाउने भाइरस पनि सार्ने गर्दछ। भर्खर केहि वर्ष अगि देखि मात्र जीका भाइरस पनि अन्य मुलुकका पहिले डेंगु संक्रमित छेत्रमा व्यापक रुपमा फैलिएको छ, सोहि लामखुट्टेको प्रजातिका कारण। तसर्थ नेपालको सन्दर्भमा समेत येस्तै महामारी फैलिन सक्ने सम्भावनालाई नकार्न सकिदैन। बिगतमा अन्य देशमा यी प्रकोपहरु फैलदा धेरै समय सम्म यी रोगका बारेमा यथेष्ट जानकारी थिएन तर अहिले हामी संग यी बिगतका महामारी अनुसन्धान गरेर उपलब्ध धेरै जानकारी छन्। नेपालले बेलैमा यी जानकारीको सदुपयोग गरेर बिज्ञहरुको सहायतामा उचित नीति निर्माण गरेर कार्यन्बयन गर्न सकेको खण्डमा भोलि चुक्चुकाउनु पर्ने अवस्था आउने छैन।

लेखकका बारेमा
अमेरिकाको विख्यात पर्डूयु बिश्वोबिध्यालय (Purdue University) बाट डेंगु भाईरसमा बिध्याबारिधि गरेर हाल इबोला तथा जीकाभाईरस सम्बन्धि अनुसन्धान। लेखकको अगुवाईमा भएको अनुसन्धानले डेंगुले मानब कोषमा रहेका १०० भन्दा बढी प्रोटिनसंग अन्तरक्रिया गर्छ भनेर पहिलो पटक पत्ता लगाएको थियो। सो सोधपत्र डेंगुको अनुसन्धानमा निक्कै महत्वपूर्ण मानिन्छ।

डेंगु सम्बन्धित बिस्तृत जानकारी तथा सम्बन्धित अनुसन्धान लेखकको निम्न सोधपत्रमा हेर्न सकिन्छ:
Host factors in dengue virus infection: Identification, characterization and their potential as therapeutic targets]

***
यी लिंक पनि पढौं :
खतरनाक मानिने इबोला भाईरसको औषधी पत्ता लगाउन डा. खड्काको टोलीलाई सफतलता !

अरबिडोल/उमिफेनोविर नामक औषधिले जीका बिरुद्ध प्रवावकरी काम गर्छ भन्ने पुष्टी !

Sudip Khadka, PhD
Postdoctoral Research Fellow
Center for Microbial Pathogenesis
Institute of Biomedical Sciences
Georgia State University
Atlanta, GA

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !