गल्कोट र ढोरपाटन नगर तथा बडीगाड गाउँपालिकामा पर्यटन उपसमिति गठन !

कमल पौडेल, बडीगाड, २०७६ असोज ६ । पर्यटन वर्ष सफल पार्न बागलुङ पश्चिमका ३ स्थानिय तहमा पर्यटन प्रवद्र्धन उपसमितिको गठन गरिएको छ ।

बडीगाड गाउँपालिकामा गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षतामा ९ सदस्यीय उपसमितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा अमर बहादुर श्रीस, सदस्यमा बोम बहादुर थापा, कृष्ण गुरुङ, यम बहादुर श्रीस थापा, खगिश्वर अर्याल, कृष्ण बहादुर घिमिरे, सावित्रा पुन, तथा सदस्य सचिवमा बालाकृष्ण सुवेदी रहेका छन् ।

उता ढोरपाटन नगरपालिकामा नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षतामा ८ सदस्यीय उपसमितिको गठन गरिएको छ । समितिको उपाध्यक्षमा उपप्रमुख करमती पुन, सदस्यहरुमा चित्र भण्डारी, हेमन्त घर्ति, लक्ष्मण पुन, चिन्तामणी शर्मा, सीता कँडेल र सदस्य सचिवमा धन प्रसाद पोखरेल रहेका छन् ।

यसैगरी गल्कोट नगरपालिकामा पनि नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा ९ सदस्ीयय उपसमितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा उपप्रमुख रेनुका काउचा, सदस्यहरुमा वीरजंग भण्डारी, हेमन्त भण्डारी, तिलक घर्ति, मञ्जु चालिसे, याम बहादुर श्रीस, दिपक थापा र सदस्य सचिवमा शिशिर पौडेल रहेका छन् ।

तिन ओटै पालिकामा पालिकास्तरीय उपसमिति गठन गर्न जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका उपसंयोजक तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल पुगेका थिए । गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मको लागी आन्तरिक पर्यटन वर्ष घोषणा गरेको छ भने नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ। बागलुङमा भाद्र १८ गते जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको गठन गरि काम अगाडि बढाइएको छ। गठित समिति तथा उपसमितिहरुले स्थानिय पर्यटकिय स्थान तथा विषयको प्रचार प्रसार गर्नेछन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !