राजमो बागलुङका जिल्ला सदस्य भण्डारी नेकपामा प्रवेश

मन्दिप निउरे, ताराखोला (बागलुङ) २०७६ असाेज ६ । ताराखोला गाउँपालिका वाड नम्बर ३ निबासी राजमो बागलुङका जिल्ला सदस्य, राजमो ताराखोला गाउँपालिका सचिब कर्णे बहादुर भण्डारी जनमोचा परित्याग गर्दै नेपाल कम्युनिष्ट पाटी नेकपामा प्रवेश गरेका छन ।

सोमबार नेपाल सरकारका गुहमन्त्री राम बहादुर थापा बादलले काठमाडौंमा एक कायक्रमका बिच उनलाई खादा अबिर लगायर पाटिमा स्वागत गदै पाटीको सदस्यता प्रदान गरेका हुन । नेपाल कम्युनिष्ट पाटी नेकपा ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिबस लगायतको उपस्थितिमा गुहमन्त्री बादलले नेकपामा स्वागत गरेका हुन ।

भण्डारी ताराखोला गाउँपालिकामा विभिन्न सामाजिक काममा क्रियाशिल छन् । उहाँ कृषि संजाल वाड नम्बर 3 को अध्यक्ष प्रगतिशिल युवा परिवार काक्राखोरको अध्यक्ष टोल सुधारको सयोजक लगायत धेरै क्षेत्रको नेतृत्व गर्दै आएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !