दशैँ तिहार चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनको क्रममा ३० सवारी साधन कार्बाहीमा !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ असोज ५ । आसन्न विजया दशमी तथा भाईतिहारलाई लक्षित गरी सरोकारवाला निकायहरुको अनुगमन टोलीले आज सवारी साधनहरु अनुगमन गरेको छ । चाडपर्वका अवसरमा यात्रुहरुसंग जथाभावी भाडा असुल गर्ने, सवारी साधनहरुमा क्षमता भन्दा दोब्बर यात्रु राख्ने माल समानको आफुुखुसी भाडालिने ट्राफिक नियमको उल्लंघन गरी सवारी चलाउने, सवारी ईजाजत पत्र लगायतका कागजपत्रहरु व्यवस्थित नगर्ने जस्ता कार्यहरु हुने गरेकाले आज टोलीले अनुगमन गरिएको बताईएको छ ।

अनुगमन टोलीले बागलुङ नगरपालिका रातामाटा स्थित कार्यालय नजिक रहेको मध्यपहाडी लोकमार्ग तथा अन्य ग्रामिण सडकहरुमा चल्ने सवारी साधनहरु अनुगमन गरेको थियो । अनुगमनका क्रममा जथाभवी आफुखुसी यात्रुहरुंग सवारी भाडा असुल गरेको, क्षमता भन्दा दोब्बर यात्रु राखेर अनेपेक्षित दुर्घटनालाई निम्त्याउने, सवारी ईजाजत पत्र नलिएका र आवश्यक कागजात नराख्ने आदि सवारी नियमको ठाडो उल्लंघन गरी सवारी साधन चलाएको भेट्टिएको अनुगमन टोलीले बताएको छ ।

अनुगमनका क्रममा टोलीले नियम उल्लंघन गरी सवारी चलाउने ३० सवारी साधनहरुमाथी कार्बाही गरेको जनाएको छ । आज कार्बाहीमा पर्ने सवारी साधनहरुमा बस ४, जीप १८, मोटरसाईकल ४, ट्याक्टर ३ र ट्रक १ बाट रु २२ हजार राजश्व संकलन भएको जनाईएको छ ।

अनुगमन टोलीमा यातायात व्यवस्था समिति धौलागिरी बागलुङका प्रमुख पारसिँह थापा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिध रामप्रसाद उपाध्याय, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्की, ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाट, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ सहित रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !