ढोरपाटन -८ नौघर टोलकी अशक्त झेक्री बिक मानवसेवा आश्रम बागलुङमा !

धनबहादुर विश्वकर्मा, बागलुङ २०७६ असोज ४ । ढोरपाटन नगरपालिका वडा न. ८ बोबाङ नौघरटोलकी अपंगता भएकी झेक्री बिकलाई मानवसेवा आश्रम बागलुङलाई जिम्मा लगाईएको छ । २६ वर्षिया बिकका दुवै खुट्टा नचलेर विगत १५ बर्ष देखि शारीरिक रुपमा अशक्त जीवन बिताउदै आएकी छन् ।

वडा नं. ८ का स्थानीय एवं नयाँ पुस्ता नेपालका अध्यक्ष कुशल विश्वकर्माले ५ वर्ष यता उनको लालनपालन गर्दै आएको र उनकै पहलमा मानवसेवा आश्रम बागलुङमा पुगेर, आश्रमका प्रतिनिधिले जिम्मा लिने भएपछि झेक्री बिकलाई त्यहाँ पठाएको हो ।

सहयोगीहरुको सहयोगले विकको लालनपालन गर्दा थुप्रै समस्याहरु आइपरेको उल्लेख गर्दै शारीरिक रुपमा अशत्तता भएका कारण परिवारले समेत रेखदेख गर्न नसकेको अवस्थामा उनको दयनीय अवस्थाबाट सहजतातर्फ लैजान आफूले पहल गरेको नयाँ पूस्ता नेपालका अध्यक्ष विकले जानाकारी दिए ।

आश्रमकी प्रतिनिधि, सुमिरा लामाले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको रोहबरमा, नयाँ पुस्ता नेपालका अध्यक्ष मार्फत जिम्मामा लिएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !