कुस्मामा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न !

पर्वत २०७६ असोज ४ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका-४ स्थित जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सो अवसरमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सवारी दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरी सुरक्षा योजनाकासाथ सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले अन्तरक्रियामा उठेका जिज्ञासाहरुको निरुपण गर्दै ट्राफिक व्यवस्थान तथा दुर्घटना न्यूनीकरणमा प्रहरी सदैव क्रियाशील भई कार्य गरिरहेको बताए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !