साझेदारी बहुउदेश्यीय सहकारीको साधारणसा सम्पन्न, चालु आवमा २ अर्व १० करोडको कारोवार गर्ने !

बागलुङ, २०७६ असोज ४ । साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन गर्दै संस्थाका शेयर सदस्य एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले सहकारीले देशको समृद्धिमा महत्वपूर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए । उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताए । पौडेलले सहकारीहरु सेवा केन्द्रत हुनुपर्ने भन्दै नाफा भन्दापनी शेयर सदस्यहरुको सेवामा केन्द्रीत हुनु जरुरी रहेको बताए । पौडेलले ‘साझेदारीको सुरुवात राम्रो छ यसलाई विस्तार गर्नु जरुरी छ भन्दै सहकारीले समाजको रुपान्तरणका लागी काम गर्नुपर्ने बताए ।

साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा रहेर सम्मात तथा पुरस्कार प्रदान गरिएको छ । संस्थाले संचालन गरेका विभिन्न बचत योजना मध्य उत्कृष्ट दैनिक चल्ती बचतकर्ता तर्फ रामचन्द्र शर्मा, सिता ठकुरी, विविन्द्र कुमार श्रेष्ठ, मेनका शर्मा, टीकाराम शर्मा, लेखनाथ शर्मा, सिता पौडेल, सुप्रिया शर्मा, सिता सापकोटा, नवीन श्रेष्ठ लगाएत सम्मानीत तथा पुरस्कृत भएका थिए । यस्तै उत्कृष्ट दैनिक आवधिक बचतकर्ता तर्फ ऋषि राम शर्मा, सावित्री कुमारी शर्मा र मिना पौडेल पराजुली, उत्कृष्ठ मासिक बचतकर्ता तर्फ रामचन्द्र शर्मा र देब बहादुर खत्री पुरस्कृत तथा सम्मानित हुनुभएको थियो । संस्थाले संचालन गरेको दीर्घकालीन बचत योजना साझेदारी समृद्ध वचत तर्फ दुर्गा किसान र पवित्रा शर्मा सम्मानित भएका छन् । यस्ते उत्कृट आवधिक बचतकर्ताको रुपमा चन्ददत्त सापकोटा र कर्ण बहादुर हमालालाई तथा बाल बचत तर्फ सृजन पौडेल र जेनिस पौडेललाई सम्मान गरिएको थियो ।

संस्थाबाट विभिन्न प्रयोजनाका लागी कर्जा लियर उत्कृष्ठ कारोवार गर्ने सुन्दर श्रेष्ठ, सन्तोश चोखाल, दल बहादुर कार्की तथा सम्झना श्रेष्ठलाई उक्त अवसरमा सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ठ कर्मचारी शर्मिला मल्ल, शेयर सदस्य विस्तार अभियानमा विषेश योगदान पु¥याउने गोविन्द बहादुर पौडेल गोपाल, लक्ष्मी शर्मा सापकोटा र लक्ष्मी खड्का तथा संस्था प्रति विषेश सद्भाव र सकारात्क ब्यवाहार राख्ने शेयर सदस्य कुल प्रसाद सापकोटा, गणेश शार्मा र इन्दु रेग्मी साधारण सभाको अवसरमा सम्मानित भएका थिए ।

२०६४ सालमा स्थापना भएको संस्थामा ८२० शेयर सदस्य तथा शेयर पुजी २ करोड ६६ लाख ५९ हजार पाच सय रहेको संस्थाले जनाएको छ । चालु अर्थिब बर्षमा एक हजार एक सय शेयर बृद्धि गर्ने लक्ष लिएको संस्थाले गत आव मा ७० करोड, ९१ लाख रुपैया बरावरको कारोबार गरेको छ । चालु आर्थिक बर्षमा २ अर्व दश करोडको आर्थिक कारोवार गर्ने संस्थाले लक्ष लिएको छ । यस्तै संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार केवी राना मगर, कर्ण बहादुर हमाल, राजेन्द्र आचार्य, पोट कुमारी जिसी, अधिवक्ता भुमिश्वर गौतम, बागलुङ बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त आचार्य, निलगिरी बचत तथा ऋण सहकारी संस्थका सचिव मिलन केसी शेयर सदस्यहरु श्रीकृष्ण पौडेल, सुप्रिया शर्मा लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

साधारण सभाले सचिव डिल्ली प्रसाद गौतमकोे प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश लम्सालको शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक उमाशंकर सापकोटाले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन अनुमोदन गरेको थियो । संस्थाका अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालक समिति सदस्य गोविन्द बहादुर पौडेल गोपालले स्वागत र संस्थाका उपाध्यक्ष तेज प्रसाद शर्माले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !