राष्ट्रिय जनमोर्चा बागलुङको राष्ट्रिय स्वाधीनताको लागी गाउँ जागरण कार्यक्रमको समापन आज !

बागलुङ २०७६ असोज ४ । राष्ट्रिय जनमोर्चा बागलुङको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत जनप्रतिनिधिहरुको शुक्रबार बागलुङ बजारमा सुरु भएको २ दिने प्रशिक्षण कार्यक्रम आज शनिवार समापन हुँदै छ ।

राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले दीप प्रज्वलन गरि गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, केन्द्रीय प्रशिक्षक नर बहादुर पुन, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष जुन बिक्रम शाही, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लोकनाथ शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्यहरु बोम बहादुर थापा, दिपक थापा, रुद्रा के।सी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन काठेखोला गाउँकार्यपालिका सदस्य टीका संगम बिक र स्वागत मन्तव्य बागलुङ नगरपालिका वडा नं ३का अध्यक्ष लक्ष्मी बास्कोटाले गरेकी थिईन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !