पश्चिम बागलुङमा काँग्रेसको जागरण अभियान सम्पन्न : ग्रामिण क्षेत्रमा विकासको अवस्था उस्तै – बानियाँ

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असोज ४ । नेपाली काँग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान पश्चिम बागलुङमा शुक्रबार सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको अभियान असोज ३ गते शुक्रबार बुर्तिबाङमा सँविधान दिवश मनाउँदै तथा तरुण सम्बाद तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

बागलुङ क्षेत्र नंं.२ अन्तरगत प्रदेश ख मा सुरु गरिएको जागरण अभियान ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका २२ वटै वडामा पुगेर आफुहरुले कार्यक्रम सम्पन्न गरिएको प्रदेश ख सचिब दिपेन्द्र श्रेष्ठले ईबागलुङलाई बताए ।

बुर्तिबाङमा शुक्रबार आयोजित कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व सँविधान सभा सदस्य रेशम बानियाँले सम्बोधन गर्दे पार्टीले थालेको राष्ट्रिय जागरण कार्यक्रम अतिनै उपलब्धीमूलक भएको बताए । जनताको घरघरमा पुगेर जनताका समस्या गुनासो सुन्न पाइएको र पार्टीको अवस्थाको बिषयमा जनताका माझ बोल्न पाइएको बताउँदै बानियाँले कार्यक्रमले जनताका आवस्यकता, आशा र अपेक्षालाई बुझ्न सहज भएको बताए ।

केन्द्रिय सदस्य बानियाँले वर्तमान दुई तिहाई सरकारले गरेका कामले जनतामा कुनै खुसी नभएको बताउँदै ग्रामिण क्षेत्रमा विकासको अवस्था नफेरिएको, सरकारको ध्यान गरीब जनता सम्म पुग्न नसकेको बताउँदै यस्तो अवस्थामा स्थानीय देखि केन्द्र सरकारका गतिविधीलाई नियाल्दा थप खबरदारी आवश्यक रहेको स्पस्ट पारेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नंंं. २ का सभापती दोर्णकुमार कुवँर, महादिवेशन प्रतिनिधी जित शेरचन, टेकराज पौडेल, नेपाल महिला सँघ क्षेत्रीय सभापती लिलमाया पुन, केन्द्रिय सदस्य दिलमाया पौवी, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती शालिकराम शर्मा लगाएत नेता कार्यक्रताको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्र नं.२ ख बागलुङका सभापती नरजँग घर्तिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका अवसरमा बुर्तिबाङ क्षेत्रमा सँविधान दिवश समेत मनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !