क्यान गण्डकी प्रदेशको निर्वाचन आज : अध्यक्ष पदमा राजभण्डारी र पाण्डे भीड्दै !

रामप्रसाद घिमिरे, पोखरा २०७६ असोज ४ । कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ गण्डकी प्रदेशको बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पोखरामा सुरु भएको छ ।

क्यान गण्डकी प्रदेशको यस अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचन हुने कार्यक्रम रहेको छ । आजै नयाँ कार्य समितिको लागी मतदान हुने कार्यक्रम छ ।

निर्वाचनमा अध्यक्ष पदका लागी २ जना र ४ सदस्य पदकालागी ५ जनाले उमेद्वारी दिएका छन् । अध्यक्ष पदका लागि क्यान बागलुङका पूर्व महासचिव सुदिप राजभण्डारी र क्यान तनहुँका तुलसी पाण्डेको उमेद्वारी परेको छ ।

क्यान गण्डकी प्रदेश का ११ जिल्लाका ५०० सदस्यहरुवाट छानिएका ४७ जना मतदाता रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !