गुल्मीमा संविधान दिवस : १० बर्षे जनयुद्धका शहिदहरुको उच्चारण सम्म गरिएन !

प्रेम सुनार, गुल्मी २०७६ असोज ३ । आज गुल्मीमा संविधान दिवस मनाई रहँदा शहिदहरुलाई सम्झीने क्रममा गुल्मीको सदरमुकाम तम्घासमा १० बर्षे जनयुद्धका शहिदहरुको उच्चारण गरिएन । जिल्ला समन्वय समिति र रेसुङ्गा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वगगत मन्तब्यका रुपमा पहिला बक्ता थिए जिल्ला समन्वय अधिकारी प्रल्हद पोखरेल ।

त्यस पछि क्रमशः पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल , उनी पछि नागरिक समाजका अध्यक्ष पदम पाण्डे बोले । लगत्तै दलहरुको पालो आयो र नेपाली कांग्रेसका उपसभापति विष्णुप्रसाद बलाल र नेकपाका कार्यालय सदस्य कृष्ण सुनारले मन्तब्य राखे ।

यी सबैले १० बर्षे जनयुद्ध र त्यस बेलाका शहिदहरुको ‘श’ पनि उच्चारण गरेनन । अतिथीहरु मध्ये प्रमुख अतिथी प्रदेश सांसद दिनेश पन्थीको अन्तिम मन्तब्य थियो । उनले मन्तब्य राख्ने क्रममा एक जनाले १० बर्षे जनयुद्धको उच्चारण नगरिएको प्रति आपत्ती जनाएर उनलाई चिट दिए ।

झण्डै आधा घण्टा बोलेका पन्थीले पनि जनयुद्धको ‘ज ’पनि उच्चारण गरेनन् । उनी पुर्व माओवादीका पोलिटब्युरो सदस्य र हाल नेकपाका केन्द्रिय सदस्य समेत हुन् ।
यसरी जनयुद्धको अपमान गर्ने र जनयुद्धले नै बिछ्याई दिएको सत्तारुपी बिस्तरामा लम्पसार हुनेहरुको रवैया कै कारण बिद्रोहमा उत्रिनु परेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्याकर्ताहरुले बताउँदै आएका छन । दलको तर्फबाट बोलेका नेकपाका नेता कृष्ण सुनार र कांग्रेसका नेता बिष्णुप्रसाद बलालले सदा झैं एक अर्को दललाई घोंचपेच गर्न भने भुलेनन ।

नेता बलालले सत्तापक्षको आलोचना गर्दै थिए भने नेकपाका नेता सुनारले सत्ताको बचाउ गरिरहेका थिए । बिशेष अतिथी रहेको जिल्ला न्यायधिश कृष्णप्रसाद पौड्याल भने शालिन भएर सुनिरहेका थिए । जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेसंगाु नगरपालिकाका शाखा अधिकृत शंकरप्रसाद गौतमले कार्यक्रमको संयोजन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !