धौलागिरि स्वाभिमान कम्पनीको अध्यक्षमा कार्की !

बागलुङ २०७३ पुस २४ । धौलागिरि स्वाभिमान कम्पनी लिमिटेडको अध्यक्षमा बाबुराज कार्की पुन: सर्बसम्मत चुनिएका छन् ।

कम्पनिको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाटे ७ सदस्यीय सञ्चालक समितिमा हेमबहादुर खत्री, पुर्णबहादुर केसी, टेकबहादुर रावल, जितबहादुर कार्की, डिलबहादुर कार्की, भिमबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

पुन: सर्वसम्मत अध्यक्ष बनेका कार्कीले, आफुलाई अध्यक्ष जस्तो गरिमाय पदको पुन: जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै धौलागिरी आवासीय माविलाई अभैm गुणस्तरीय बनाउन नवनिर्वाचित सन्चालक समितिका सदस्य पदाधिकारी एवं विद्यालय परिवारबाट पूर्ण साथ पाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा धौलागिरि आवासिय उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सञ्चालक टेकबहादुर रावल, पुर्णबहादुर केसी, शिक्षक अभिभावक संघका अध्यक्ष हरि आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कम्पनीका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, हेमबहादुर खत्रीको स्वागत मन्तव्य र डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *