जस्लाई पूर्व माओवादीले बिर्सिए : शान्ति प्रकृया पछि ऋण तिर्न गोठालो बसेका थिए ‘समुन्द्र ’

प्रेम सुनार, गुल्मी २०७६ असोज ३ । एउटा गरिव दलित परिवारको हेर्दा निन्नाउरो तर ब्यबहारमा जुझारु र लडाकुको युवाको नाम थियो समुन्द्र । गुल्मीको विकट गाउँ दर्लिङ्घमा बिश्वकर्मा परिवारमा जन्मिएका संघर्षको बास्तविक नाम थर कसैलाई थाह थिएन ।

१० बर्षे जनयुद्धमा मात्र होईन २०६४ सालको निर्वाचनमा तत्कालीन वाईसियल नेपालको उपत्यका ईन्चार्ज सागर ( चन्द्रबहादुर थापा ) लाई गुल्मीको साविक क्षेत्र नम्वर ३ बाट सभासद जिताउने बेला सम्म उनी अहोरात्र खटेका थिए ।

गुल्मीको तत्कालीन बडागाउँ गाविसको पार्टी ईन्चार्ज रहेका समुन्द्र धेरै लामो समय सम्म पुर्णकालीन कार्यकर्ता भएर खट्दै आएका थिए । पछि उनको कार्य क्षेत्र उनकै गाउँ दर्लिङ्घमा पारियो र उनी उतै तिर गए ।

गाउँ पुगे पछि समुन्द्रले भन्दै थिए के गर्ने पहिला बाबु आमाले लगाएको ऋण थियो । साहुले साह्रै अत्ताए पछि उनैको खर काट्ने गोठल्याँई गर्न बसेको छु । पछि उक्त ऋण कट्टा गरेपछि उनी भारततिर चौकीदार गर्न हिडेका हुन ।

त्यस पछि उनको अवस्था के छ भन्ने बारे जानकारी पाईएको छैन । संविधान दिवसको अवसरमा उनी र उनी जस्ता जनयुद्धका योद्धाहरुको अहिले पुर्व माओवादी नेताहरुले समेत स्मरण गर्न पनि बिर्सेको देखिन्छ । तर समुन्द्र भन्दा धेरै पछि माओवादीमा लागेकाहरु भने सुकिला मुकिला र जल्दा बल्दा नेता बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !