तमानखोलामा विज्ञप्ती वार : नेकपाको आरोपमाथी अध्यक्ष जोकलाल बुढाको प्रहार !

खेमराज अर्याल, बुर्तिबाङ २०७६ असोज ३ । तमानखोला गाउँपालिकाका अध्यक्षले नियमसंगत काम नगरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तमानखोला गाउँ कमिटिव्दारा भदौ ३१ गते विज्ञप्ती जारी गरी नेकपाले लगाएको आरोपको तमानखोला गाउँपालिकाले खण्डन गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाव्दारा बिहिबार जारी विज्ञप्तीमा ऐन कानुन मिचेर रकम भुक्तानी दिएको, आफु अनुकुल काम नभएको भन्दै विभिन्न योजनाहरुको रकम भुक्तानी रोक्का गरेको, विद्यालय बन्द गराएर राजनैतिक कार्यक्रम सञ्चालन गरेको जस्ता ऐन कानुन तथा जनचाहना विपरित क्रियाकलाप गरेको भन्दै नेकपाले लगाएको आरोपमा सत्यता नभएको उल्लेख छ । गाउँपालिकाको गाउँसभा, कार्यपालिकाले दिएको आफ्नो पदिय अधिकार काम कर्तव्य जिम्मेवारीमा रहेर निष्पक्ष स्वतन्त्र दबाबमा नपरी समग्र विकास र जनताको आवश्यकता तथा समस्यालाइ प्राथमिकिकरण गरी व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरीरहेको गाउँपालिका अध्यक्ष बुढाको स्पष्टोक्ति छ ।

अध्यक्ष बुढाले प्रदेश सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार जित शेरचनले वडा नं. २ सिल्गुमका जनतालाई फकाउनका लागि दिएको उधारो खानेपानीको पाईपको रकम गाउँपालिकाव्दारा खानेपानी मर्मत शिर्षकमा भुक्तानी दिइएको विज्ञप्ती मार्फत आरोप लगाएइकोमा त्यसो नभइ सो ठाउँका जनताले पाईप फुटेको र मर्मत गर्न निकै समस्या भएको बताएपछि कार्यपालिकाबाट निर्णय गरेर नयाँ पाईप खरिद गरेर मर्मत गर्न लागाइएको बताइएको छ ।

भयरबोंगामा सडक निर्माण गरिएको तर उक्त सडक निर्माणका लागि विनियोजित रकम भुक्तानी नदिएको भन्ने आरोपमा आर्थिक वर्ष २०७४।०७५ गाउँ सभाले निर्णय गरे अनुसार रु २५ लाख र २०७५ वैसाख ५ गतेका दिन भएको गाउँसभाको निर्णय अनुसार रु ४ लाख गरी जम्मा २९ लाख रुपैयाँ बेसी भयरबोंगा विद्यालय कटेरी वराहताल सडकमा नियमानुसार भुक्तानी दिइएको अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

२०७५÷०९÷३१ मा वडा नं. २ हिलेमा भएको बुढाथोकी हत्या प्रकरणमा स्थानिय दलित समुदायका १२ जना नागरिकलाई पक्राउ गरी अध्यक्ष बुढाले अन्य कतिपयलाई गाउँबाट बेपत्ता पारेको भन्ने आरोपमा उनिहरुलाइ प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख छ ।
गाउँपालिका अध्यक्ष बुढा र पार्टी कार्यकर्ताको मिलेमतोमा हस्तक्षेप गरी दलित सञ्जालको कार्यक्रम स्थगित गरिएको र संजालको कार्यक्रम सञ्चालन गर्ने कार्यमा संलग्न टिमलाई गाँउपालिका कार्यालयमा माफी माग्न लगाइएको भन्ने आरोपमा कार्यक्रमको कार्यसम्पादन प्रतिवेदन र विल भरपाइको आधारमा भुक्तानि गरीएको र संजालका अध्यक्ष सँग समिक्षा तथा कार्यक्रमबारे जानकारी लिइएको उल्लेख छ ।

रिक्लाङमा गाउँपालिकाद्धारा विनियोजित बजेटले सामुदायिक भवन निर्माण गरिएकोमा भुक्तानि नदिएको भन्ने आरोपमा काम सम्पन्न भएको भनि कार्यलयमा कुनै आधिकारी जानकारी नआएकोले योजना र्फछ्यौट नभएको भनिएको छ ।

गत असार ८ गते धनगौज्योती माध्यमिक विद्यालय प्राङ्गणमा स्कुल समयमा नेपाली कांगेसको कार्यक्रम गरी हिले प्राथमिक विद्यालय समेत बन्द गरिएको भन्ने आरोपमा विद्यालय बन्द गराउन गाउँपालिकाले निर्देशन नगरेको र विद्यालय बन्द भएको भन्ने कुरा पनि आधिकारी रुपमा गाउँपालिकामा जानकारी नभएको अध्यक्ष बुढाद्धारा हस्ताक्ष्रित विज्ञप्तीमा उल्लेख छ ।
नेकपा तमानखोलाको विज्ञप्ती

तमानखोला गाउपालिकाको विज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !