पेटमा उल्टो बच्चा लिएर स्वास्थ्य केन्द्रमा आएकी ४१ हप्ते गर्भवती महिलाको डाक्टरव्दारा उद्धार !

बुर्तिवाङ २०७६ असोज २ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरहरु आज मृत्युको मुखमा पुगेकी एक गर्भवती महिलाको सफल शल्यक्रिया गरी सुरक्षित प्रसुतीबाट आमा तथा बच्चाको ज्यान बचाउन सफल भएका छन् ।

निसीखोला गाउपालिका ४ निवासी ३० वर्षिया गोमा कुमारी पुनलाई उनका परिवारले प्रसुतीका लागी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका र उनको गर्भमा बच्चा उल्टो रहेको थाहा पाएपछी डाक्टरले शल्यक्रिया गरी प्रसुती गराउने प्रस्ताव राखेकोमा शल्यक्रिया गर्न परिवारहरु नमानेको र त्यस्को केहि घण्टा पछी गर्भवती पुनको योनीव्दारबाट बच्चाको खुट्टा बाहिर निस्किएर झण्डै ४ घण्टा सम्म झुण्डिई रहेपछी परिवारसंग छलफल, बिचार बिमर्श गरी आज विहान डाक्टरहरुले उनको शल्यक्रिया गरी बच्चालाई जीवीतै बाहिर निकालेको डा दिलिप कोजुले ईबागलुङलाई बताए ।

अहिले आमा बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको डा कोजुले जानकारी दिए । ४० हप्ता ५ दिनको गर्भ लिएर आफन्तसंग प्रसुतीका लागी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी आमा बच्चाको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको डा कोजुले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !