अनुशासन र पहिचानका लागी सवारी चालकहरुलाई रिफ्लेक्टर ज्याकेट (पोशाक) वितरण !

राम प्रसाद घिमीरे, बागलुङ २०७६ असोज २ । बागलुङका सवारी चालकहरुलाई अनुशासित, सभ्यताको बिकासका साथै पहिचानको लागी रिफ्लेक्टर ज्याकेट (पोशाक) वितरण गरिएको छ ।

बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्कमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्री, गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरे र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टव्दारा संयुक्त रुपमासवारी चालकहरुलाई रिफ्लेक्टर ज्याकेट (पोशाक) वितरण गरिएको थियो ।


सो अवसरमा चालक र यातयात मजदुरहरुलाई लागु पदार्थ सेवन ९लापसे० सम्बन्धि अनुशिक्षण दिइएको प्रहरी उपरीक्षक नवराज भट्टले ईबागलुङलाई बताए । चालकलाई थप जिम्मेवार बनाउन र सर्वसाधारण नागरिक सामु उनीहरुको पहिचान सहज बनाउन बिहीबारदेखि छुट्टै पोशाकको व्यवस्था गरिएको बागलुङका प्रमुख प्रहरी उपरीक्षक भट्टको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !