गजल : देखेर पनि मेरो सामु पर्दैनौ भने के भनौ ?

खै कसरी भनौं बेसाहारा जीवन चलिरहेछ
मनमा सधै अशान्तिको दियो बलिरहेछ !
नबुझ्न सकेउ तिमी न त बुझाउनै सकेउ
चोखो मायाको बलियो खम्बा ढलिरहेछ !

तिमी हुनु र नहुनुमा केही फरक छैन भन्यौ
के सुनाउ खै भित्रभित्र मन आफै जलिरहेछ !
प्रिय मैले तिम्रो मन दुखाउन खोजेको होर्र्इन
चोखो माया गर्दागर्दै पनि जीवन गलिरहेछ !
***
उकाली ओराली संगै झर्दैनौ भने के भनौ
मेरो बिश्वास तिमीले कति गर्दैनौ भने के भनौ ?
जिन्दगी हो लामो छ, संघर्ष गर्नै पर्छ यहाँ
जीवनका यात्रामा अघी सर्दैनौ भने के भनौ ?

अझैपनि केहि बिग्रेको छैन परिवर्तन बन्न
आशु झार्नेलाई खुसी भर्दैनौ भने के भनौ ?
भैगो अब म तिम्रो मन कहिल्यै दुखाउदिन
देखेर पनि मेरो सामु पर्दैनौ भने के भनौ ?
सविता खत्री
हिल, ताराखोला
२०७६ असोज २ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !