कांग्रेसको जागरण अभियान पाला र भीमापोखरामा, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ- गुरुङ

रनिश रानामगर, बागलुङ २०७६ असोज १ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बुधबार काठेखोलाको पाला र भिमपोखरामा जागरण अभियान सम्पन्न भएको छ। अभियानलाई संवोधन गर्दै केन्द्रीय प्रतिनिधि नवराज गुरुङले जनताको आकांक्षा पुरा गर्न नसकेको यथार्थता उल्लेख गर्दै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन्।

कांग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार कम भएको र नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापाले नेपालको सवै खाले परिबर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको स्मरण गर्दै हालको सरकार स्थायी र दुई तिहाई बहुमत भए जस्तो जनताले अनुभव गर्न नपाएको आरोप लगाए। थापाले पन्ध्र सालको विपि नेतृत्वको काङग्रेस सरकारको स्मरण गराए। कार्यक्रममा प्रदेश सभा सदस्य मनिभद्र शर्मा कंडेल, छेत्रिय सभापति चिरन्जिवी गौतम, जिल्ला सदस्य खिमानन्द पौडेल, काठेखोला ४ का वार्ड अध्यक्ष केशव थापा , स्ववियु अध्यक्ष मनिष थापा लगायतले धारणा राखेका थिए।

जागरण अभियानको कार्यक्रम नेपाली कांग्रेस काठेखोला वडा नम्बर १ का पार्टी सभापति खडक बहादुर थापाको सभापतित्व, सचिव गणेश नेपालीको सन्चालन, उपाध्यक्ष छत्र बहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !