ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला भलिबल राजधानीमा सुरु !

कृष्ण कँडेल, बागलुङ २०७३ पुस २३ । बाह्रौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल भलिबल प्रतियोगिता २०७३ शनिबारबाट राजधानीमा सुरु भएको छ ।

नयाँ बसपार्कमा रहेको खेलमैदानमा सुरु भएको प्रतयोगितालाई रक्षामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले उद्घाटन गरेका थिए ।
बाह्रौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल्लीका महासचिव देवेन्द्र कुमार घर्ती मगरका अनुसार सशस्त्र प्रहरी टिम, नेपाल आर्मी टिम, नेपाल प्रहरी टिम, न्यू डाइमन्ड टिमलगायत १० वटा राष्ट्रिय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख २० हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितिया हुने टिमले १ लाख ६० हजार कप, मेडल र प्रमाणपत्र साथै तृतियाले ७५ हजार कप, मेडल र प्रमाणपात्र पाउनेछन् ।

उदघाटन कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जुकुमार राई, नेपाली कांग्रेसका युवा नेता टेकराज पौडेल, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य तील बहादुर अधिकारी, नाटोजका केन्द्रीय सल्लहाकार छेटुप तामाङ, भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मालगायत विभिन्न समाजसेवी, व्यवसायी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

सम्पूर्ण उपस्थितिहरुलाई उपाध्यक्ष किरण घायलले स्वागत मन्तव्य दिएका थिए । भलिबल प्रतियोगिताको औपचारिक समुद्घाटनको अवसरमा लोकगायिका कालिका रोक्का मगरको लोकगीत प्रस्तुत भएको थियो । कार्यक्रममा तीन दर्जन भन्दा बढी नृत्य कलाकारहरुले प्रस्तुत गरेका थिए ।

भलिबल खेलमा पाँच जना उत्कृष्ट खेलाडीहरुले ५ वटा टिभिएस स्कुटी पाउने आयोजकले जनाएको छ । बाग्लुङ जिल्लाको ग्रामिण क्षेत्रका आफ्नो व्यक्तिगत पहलमा स्वास्थ्य संस्था संचालन गरी गरिबहरुको सेवा गरेबापत समाजसेवी तथा स्थानीय युवा नेता दिपेन्द्र श्रेष्ठलाई ताम्रपात्र र खादा ओढाई सम्मन गरेको थियो ।

साथै सातौं राष्ट्रिय तेक्वान्दोमा पदक जित्ने खेलाडीहरुलाई पनि आयोजकले ताम्रपात्र र खादा ओढाई सम्मान गरेको थियो । कार्यक्रम मानवीर छन्त्यालको सभापतित्वमा सुरु भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.