कालिका कन्या मन्दिरमा परिवार योजना दिवस सम्पन्न !

बागलुङ २०७६ असोज १ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्थानीय कालिका कन्यामन्दिर माध्यमिक विद्यालयमा बुधवार छैठौँ परिवार योजना दिवस २०७६ सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख घनश्याम सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी कालिका कन्यामन्दिर माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनराज सापकोटाको रहेको थियो ।

कार्यक्रममा परिवार नियोजनबारे प्रस्तुतिकरण सुनौला परिवार नेपाल बागलुङकी सुपरभाईजर अरुणा सुवेदीले गरेकी थिईन भने स्वागत मन्तव्य कालिका कन्या मन्दिरका शिक्षक राजेन्द्र पौडेलको रहेको थियो । कार्यक्रमको सन्चालन परिवार नियोजनका सुपरभाईजर नारायण रेग्मीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !