आजको तस्वीर:बागलुङ बजारमा डेंगु बिरुद्ध सचेतना अभियान !

नारायण गौतम, बागलुङ २०७६ असोज १ । बागलुङ सदरमुकाममा डेँगु रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रमहरु सन्चालन भैरहेका छन् । बिभिन्न संघसंस्थाहरुले स्वत स्फूर्त रुपमा डेंगु रोग बिरुद्ध सचेतना मुलक याली, गोष्ठी, छलफल कार्यक्रमहरुको आयोजना गर्ने क्रम जारी रहेको छ ।

यसैक्रममा आज विहान बागलुङ नगरपालिका २ स्थित गरिमा आवासीय माबि/डिग्निटी कलेजले डेंगु ज्वरो रोकथाम तथा नियन्त्रण अभियान सन्चालन गर्दै बजार परिक्रमा गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ समुदाय साझा प्रहरीको समेत विशेष सहभागितामा सन्चालित सो अभियानमा व्यानर सहित बजार परिक्रमा गरी डेंगु रोगबारे जानकारी युक्त पर्चाहरु वितरण गरेको छ ।

डेंगु रोगबाट बच्ने उपायका साथै डेंगु ज्वरो आए नआएको एकीन गर्न बागलुङ जिल्लाको धौलागिरी अस्पताल बाहेक अन्य स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा आवश्यक उपकरण (किट)को उपलव्धता बारे पनि सचेतना लिनु जरुरी रहेको स्थानीयको भनाई छ । यस प्रकारका जनचेतनामुलक अभियानलाई सदुमुकाममा मात्र केन्द्रित नगरी दूर दराजका स्थानहरुमा समेत लैजानु पर्ने आवश्यकता औँल्याउदै केबल ‘प्रचारबाजीमा’ सीमित नराख्न उनिहरुले आग्रह समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !