हेम्जा फेँदीमा पहिरोले ५ घण्टा देखी पोखरा-बागलुङ राजमार्ग अवरुद्ध !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ ३१ । गत ५ घण्टा देखी पहिरोले पोखरा बागलुङ राजमार्ग अवरुद्ध बनेको छ । गए राति १ बजेको समयमा पोखरा बागलुङ राजमार्गको हेम्जा फेँदीमा सडक देखी माथी करीब १ सय ५० मिटर माथी बाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो । पहिरो पन्छाएर सडक सन्चालनमा ल्याउन करीब ३ घण्टा लाग्ने बताईएको छ ।

अहिले विहान ६.३० बजेको समय सम्म लोकमार्ग आयोजनाबाट पहिरो पन्छाउने काम सुरु भएको छैन । पोखराबाट पर्वत, बागलुङ र म्याग्दी जाने र त्यहाँ देखी काठमाडौँ लगयतका स्थानहरुमा जाने सवारी साधनहरु हेम्जा फेँदीमा रोकिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !