एकैछिन पहिले बिहुँ ईनारपानीमा यसरी भयो मध्यपहाडी लोकमार्ग अबरुद्ध !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ ३० । काठेखोला गाउँपालिका बिहुँ ईनारपानीमा एकै छिन पहिले सल्लाका दुईटा रुखहरु ढलेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुर्तिवाङ देखी बागलुङ र काठमाडौ देखी बुर्तिवाङ जाँदै गरेका सवारी साधनहरु र त्यस्मा सवार यात्रुहरु लोकमार्गमा अलपत्र परेका छन् ।

स्थानीय र यात्रुहरुको संयुक्त प्रयासमा सल्लाका रुखहरु काटेर लोकमार्ग सन्चालनमा ल्याउने प्रयास भैरहेको छ । अझै पौने घण्टामा लोकमार्ग सन्चालनमा आउने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !