नेकपा पर्वतले मनायो वोगटीको ५ औँ स्मृति दिवस !

निर्मल पौडेल पर्वत २०७६ भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले पुर्व माओवादी केन्द्रका तत्कालीन महासचिव पोष्ट वहादुर वोगटीको ५ औँ स्मृति दिवश मनाएको छ । सोमवार पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वोगटी प्रति श्रद्धासुमन प्रकट गर्दै मनाएको हो ।

कार्यक्रममा वोगटीको तस्वीरमा पुष्र्पापण गर्दै प्रमुख अतिथी नेकपा पर्वतका कार्यलय सदस्य भक्त कुवँरले पुर्व माओवादी केन्द्रका तत्कालीन महासचिव वोगटी प्रति हार्दिक श्रद्धाभाव प्रकट गर्दै वोगटीको कम्युनिष्ट आन्दोलनमा अतुलनीय भुमिका रहेको वताए । नेकपाले वोगटीको योगदानलाई सदैव स्मरण गर्ने भन्दै उनले देखाएको वाटोलाई आत्मासाथ गरी देश र जनताको लागि अगाडी वढे मात्र उनी प्रति सच्चा सम्मान हुने कुवँरले उल्लेख गरे । कर्तव्यनिष्ठ, वैचारिक र परिवर्तनकारी व्याक्तित्व वोगटीका आदर्श भएको भन्दै अहिलेका युवा नेत्तृत्वले वोगटीको अनुसरण गर्नुपर्नेमा कुवँरले जोड दिए ।

कार्यक्रममा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले पार्टी, देश र जनताका लागि जस्तो सुकै निर्णय गर्दै सुख दुख लाई सामना गरेर कम्युनिष्ट आन्दोलनमा वोगटीले पु¥याएको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिवालय सदस्य मिनराज केसी अविरल, दुर्गा दर्जी, कार्यलय सचिव शिवलाल सार्की लगायतले वोगटी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !