मानवीय मुल्यहरुको विकास गराउन आध्यात्मिकता र योग आवश्यक !

दमौली, २०७६ भदौ ३० । समाजमा रहेका नागरिकहरुमा मानवीय मुल्यहरुको विकास गराउने उद्देयले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा माइन्डफुलनेसका लागि आध्यात्मिकता र योग विषयक प्रशिक्षण क्लास चण्डिदेवि राष्ट्रि मा.वि. व्यास नगरपालिकामा. १० दमौलीमा आईतवार सम्पन्न भएको छ ।

मानव मनमा चल्ने विचारको प्रभाव, स्वस्थ मन र शरीर, सतकर्महरुको पुँजी, सात्विक आहार, योग, सकारात्मक जीवनशैली आदि विषहरुमा प्रशिक्षण क्लास दिँदै प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले विविध समस्यहरु बाट मुक्ति प्राप्तिका लागि मानसिक प्रदुषणलाई हटाउनु पर्ने र त्यसको लागि आध्यात्मिक जीवनशैलीलाई अपनाउनु पर्ने बताए । प्रशिक्षमा विद्यालयका प्रधानध्यापन रामचन्द्र पोखरेल लगाएत शिक्षक शिक्र्षिकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !