विकासको अर्को नाम विनास होईन, सौन्दर्य हो !

खगेन्द्र विश्वकर्मा

तपाईं गाउँ घरमा हिडिरहनु भएको छ । खेतीपाती, बनजङ्गल, छरछिमेक, वर्मपर्म , विद्यालय , वडा कार्यालय, स्वस्थ्य चौकी , वा विभिन्न कामले गाउँ हिड्दै हुनुहुन्छ वा पहिले हिड्नु हुन्थ्यो । त्येतिवेला तपाईंलाई पानी तिर्खा लाग्दा बाटो नजिकैको पढेरो धारामा पुगेर घटघट पानी पिएर प्यास मेटाउनु हुन्थ्यो । थकाई लाग्दा विसाउन बाटोको आडैमा रहेको चौतारीमा सुसेली हाल्दै उपरखुट्टी लगाएर गामवेसी हेर्दै जीवनका सुन्दर यात्रा अगाडि बढाउनु हुन्थ्ये । वा पानी धारा नभेटेपछि घर आँगनमा पुगेर पानी माग्नु हुन्थ्यो भने पीँडीमा गुन्द्री, चकटी, पिर्का लगाउदै तपाईंलाई आंखोरामा पानी ल्याईदिन्थे अनि पिएर आनन्दित पाउनुहुन्थ्यो । पहिले यस्तो राम्रो संस्कारको विकास थियो। तिर्खाएकालाई पानी दिए धर्म हुन्छ भन्ने मान्यताले पनि सामाजिक सदाचार फैलिएको थियो । सद्भाव थियो ।

तर आधुनिकताको नाममा अहिले यस्तो छैन । यानििक मैले भन्न खोजेको कुरा प्रस्तुत गर्दैछु । पहिले जस्तो गाउँ वस्ति सदाचारी ,सद्भावी , कल्याणी मानिसहरु पहिलेको तुलनामा अहिले कम छन् र यात्रुहरु पनि । अहिले विकासको आधुनिकतामा घरघरमा धारो छन । तर पहिले झै सार्वजनिक स्थानमा धारा बनेको छैनन् । पुरानो धाराहरुमा आईरहने पानीपनी लाईन काटिएको छन्, जीर्ण छन् । अझ ऐतिहासिक परम्परागत चौतारीको कुरा गर्ने हो भने पहिले धर्म कमाउन पाप पखाल्न मानिसहरु व्यक्तिगत लगानीमा वा सामाजिक लाभको लागि चौतारी पोखरी बनाउथे तर अहिले त्यस्तो छैन झन भएका पनी मोटर गुडाउने सपनामा ती चौचारीहरु भत्काईएका छन् । अस्तित्व बिलिन अवस्थामा छन् । यति सम्मकि जहाँ चौतारो छ, त्यहाँ फोहोर फाल्ने ,राख्ने जलाउने भट्टी बनाईएको छ । विकासका पुर्वाधारहरु आवश्यक छन् अति आवश्यक हुन तर विकास गर्दा हुने विनासको कुनै ध्यान छैन लेखा जोखा छैन । झन हाम्रो ऐतिहासिकता बोकेको चौताराहरु जहाँ ऐतिहासिक शीलालेख पाईन्छ । जुन शीलालेखको बारेमा व्यापक रुपमा अध्यन हुन्छ । जुन हाम्रो मौलिकता सुचना सभ्यता हो । सम्पत्ति हो । अचम्म लाग्छ, स्थायी झोलोङ्गे पुल भत्काएर , अस्थायी मोटरेवल पुल बन्छन् ।

म केही ताराखोलाका उदाहरण लेख्छु गण्डकी प्रदेश सरकारको पहिलो अभियान पिउने पानी अनुरुप खानेपानी योजना छरपस्ट चलेका छन् । यहि अनुरुप ताराखोला ४ तारा गाउँमा नेपाल माध्यमिक विद्यालयको दक्षिण गेटमा १ खानेपानी धारा छ त्यो पनि अब थियो मा पुग्यौं । जहाँ यात्रु विद्यार्थीले र सिङ्गै गाउलाई धानेको आमा जस्तै पानी थियो तर अहिले सबैका घरघरमा पानी धारा छन तर त्यो सामुदायिक धारा अस्तित्व विहीन छ । यो केवल नमुना मात्र हो । उदाहरण अनगिन्ती छन् । यस्ता सार्वजनिक घटनाको रेखदेख विना सम्झौता सहकार्य विना काम गर्नेहरु माथि साच्चिकै मुद्दा दर्ता गर्नेहो भने ,सार्वजनिक मुद्दा लाग्छ । हो अहिले गाउँमा सरकार आयो , बजेट आयो तर मानिसमा दिगो सोच हराएको छ । यस्ता मौलिक पुरातात्विक , ऐतिहासिक प्राकृतिक कुरामा कसले ध्यान पुर्‍याउने । गाममा ठुलाबढा भनिनेहरु जनताको हितमा काम गर्छौं भन्नेहरु यस कुरामा ध्यान दिँदैनन् । यस्ता अल्पकालीन सोचका विकाशले कहाँ लैजादैछ । मानव सभ्यता । मानव पहिचान् । विकास भनेको पहाडका भित्ता भत्काउनु होईन ,भाषण र भत्ता चट्काउनु होईन, ज्याला र मजदुरी होईन् । विकास त आकाश झै फराकिलो हुनुपर्छ र जुन झै शितल हुनुपर्छ र औषधी झै सरल हुनुपर्छ । यसैमा हाम्रो नेपालको भ्रमण बर्ष तथा गाउँ गाउमा भ्रमण बर्षको काउकुती लागेकाहरु ध्यान देउ भ्रमण हुनेखानेको मात्र होईन हुँदा खानेको पनि हुनुपर्छ । आधारभुत आधार हुनुपर्छ गाउको ठाउको मौलिकता हुनुपर्छ । पहिला मौलिकता आधारभुततामा ध्यान दिए हामी सफल भईन्छ ।

लेखक संचारकर्मी हुन् ।
ताराखोला, बागलुङ
२०७६ भदौ ३० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !