दमेकको सुन्तलाचौर माबि लगायत विभिन्न विद्यालयमा राष्ट्रिय बाल दिवस भव्य रुपमा सम्पन्न !

लक्ष्मण बिश्वकर्मा, कुस्मीसेरा (जैमिनी) २०७६ भदा््े २९ । जैमिनी नगरपालिका २ दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको छ । बिद्यालयमा गठित बाल क्लबको आयोजना र विद्यालयका शिक्षकहरुको सहयोगमा विविध कार्यक्रमहरु संचालन गरि बाल दिवास मनाइएको हो । कार्यक्रमको शुभारम्भमा विद्यालयबाट सम्पूर्ण विद्यार्थी र शिक्षकहरुले प्ले कार्ड लिएर बालअधिकार सम्बन्धि नाराहरु सहित विद्यालय वरिपरिको समुदायर्मा याली निकालेका थिए ।

त्यस्तै भलिबल खेल प्रतियोगिता, आधारभूत तहका विद्यार्थीहरुका लागि हाजिरी जवाफ प्रतियोगिता र माध्यमिक तहका विद्यार्थीहरुका लागि नेपालमा बालअधिकारको अवस्था विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको बिद्यालयका प्रअ बिष्णु प्रसाद सापकोटाले जानकारी दिए ।

जैमिनी नगरपालिका २ दमेकका वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले कार्यक्रमको शुभारम्भ गर्दै सुनिश्चित बाल अधिकारका लागि सबै पक्षबाट बालबालिकाहरुलाई उच्च पालन पोषण शिक्षा दीक्षा स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने बताए । बालबालिकाको सर्वाङ्गीण विकास र हक हितका लागि नगरपालिका तथा वार्ड कार्यालयले बिशेष कार्यक्रमहरु संचालन गर्ने उनले बताए ।

हाजिरी जवाफ प्रतियोगितामा जम्मा ४ समूह सहभागी भएकोमा आशिका सापकोटाको समुह प्रथम,दर्शना सापकोटाको समूह दितीय र विवेक सापकोटाको समूह तृतीय भएका छन् । वक्तृत्वकला प्रतियोगितामा जम्मा १० जना सहभागी मध्ये कक्षा ११ कि विनिता सापकोटा प्रथम, कक्षा १० कि कविता रिजाल दितीय र कक्षा ११ कि सिर्जना सापकोटा तृतीय भएका छन् ।

भलिबल खेल प्रतियोगितामा ६ वटा समूह सहभागी भएकोमा लिल बहादुर छन्त्यालको समूह प्रथम, मिलन छन्त्यालको समुह दितीय र दिलिप परियारको समुह तृतीय भएका छन् । सबै प्रतियोगितामा प्रथम, व्दितिय र तृतीय हुन सफल सहभागीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा ,शिक्षक नन्दलाल सापकोटा लगाएतले बाल अधिकारका बिषयमा आफ्नो भनाइ राखेका थिए ।

सुन्तलाचौर माबि बालक्लबका अध्यक्ष विवेक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालक्लबका उपाध्यक्ष लक्ष्मी बहिकको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन क्लबका सदस्य आशिका छन्त्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !