आदर्श सेवा समाज छिस्तीको भलिवल प्रतियोगीताको प्रथम पुरस्कार रु ५२ हजार !

बागलुङ २०७६ भदौ २९ । जैमिनी नगरपालिका छिस्तीमा रहेको आदर्श सेवा समाजले आयोजना गरेको भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ५२ हजार २ सय ५२ घोष्णा गएिको छ । जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको सेवा समाजले आँफ्नो तेश्रो बार्षिक उत्सब तथा वडा दशैँको अबसर पारेर आयोजना गरेको भलिवल प्रतियोगितमाको दित्तिय पुरस्कार भने २७ हजार ७ सय २७ राखिएको छ । त्यस्तै प्रतियोगितामा तृतिय हुने समुहलाई १५ हजार ५ सय १५ र सान्त्वना हुने समुहलाई १० हजार १ सय १० रुपैया तोकिएको छ । आगामी असोज १३ गतेबाट सञ्चालन हुने प्रतियोगिताको प्रबेश शुल्क भने ४ हजार तोकिएको कार्यक्रमका आर्थिक संयोजक प्रकाश शर्माले बताए । सेवा समाजले आयोजना गरेको खेल साबिक वडास्तरिय हुने छ ।

समाजले हरेक बर्ष वडा दशैको अबसर पारेर गर्न कार्यक्रमा भने यस बर्ष बाट नया कार्यक्रम पनि थपिएको छ । समाजले यस बर्ष प्रथम “आदर्श डान्स आईडल” कार्यक्रम तय गरेको छ । लुकेका प्रतिभालाई प्रस्फुटन गर्नका निमित्त तेश्रो बार्षिक उत्सब तथा वडा दशैँको अबसर पारेर पहिलो पटक “आदर्श डान्स आईडल” गर्न लागेको क्लबका अध्यक्ष केशबराज शर्माले बताए ।

गाँउमा रहेका प्रतिबाहरुले कुनै पनि स्थान नपाए पछि आदर्श सेवा समाजले यस्तो खालको कार्यक्रकम थप गरेको हो । यो कार्र्यक्रमलाई आगामी बर्षहरुमा समेत निरनतरतन दिईने अध्यक्ष शर्माको भनाई छ । डान्स आईडलमा बिजेता तथा उपबिजेतालाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र दिने सेवा समाजका अध्यक्ष शर्माले बताए ।

आदर्श सेवा समाजले यस पटक जेष्ठ नागरिक सम्मानको कार्यक्रम समेत गर्ने भएको छ । जेष्ठ नागरिक सहितको सम्मान सहित गरिने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गाएक बसन्त थापा, रीना केसी तथा स्थानीय कलाकारहरु विष्णु परियार र राजकुमार राना लगाएतको प्रस्तुती रहने कार्यक्रम संयोजक गोबिन्द थापाले जानकारी दिए । सेवा समाजले असोज ३ गते देखि सुरु गर्ने कार्यक्रम असोज १७ गते समापन गरिने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !