बुर्तिबाङबाट आयो यस्तो खबर : काँग्रेस र नेकपाका २ सय बढी कार्यकर्ता समाजबादी पार्टीमा पसे !

बुर्तिबाङ, २०७६ भदौ २९ । बुर्तिवाङमा समाजवादी पार्टी नेपालको ढोरपाटन नगर समितिको सपथ ग्रहण तथा समायोजन कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई सय भन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेको आयोजकले घोषणा गरेपछी बुर्तिवाङमा सनसनी मच्चायो । कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको नाम नभनी होलसेलमा २ सय भन्दा बढी बताएपछी नेका र नेकपाका को को गएछन त समाजबादी पार्टीमा भन्ने जिज्ञासा बाहिर आएको छ ।

नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरणपछि देशव्यापी सपथ ग्रहरण तथा पार्टी समायोजन कार्यक्रम अन्तरगत, ढोरपाटन नगरपालिकामा यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । ढोरपाटन नगरपालिकामा समाजवादी पार्टीको ४६ सदस्यीय नगरकमिटि गठन भएको पार्टीका गण्डकी प्रदेश सदस्य अशोक कुमार विश्वकर्माले बताए । ‘पार्टी सदस्यहरुले सपथ ग्रहण गरेका छन् तर पद विभाजन भने सकेको छैन । तत्काल बैठक बसेर पार्टीको पद विभाजनको प्रक्रिया टुँगो लाग्ने उनले बताए ।’

कार्यक्रमका समाजवादी पार्टी गण्डकी प्रदेश ईञ्चार्ज धनप्रसाद तामाङले, समाज रुपान्तरणमा योगदान पु-याउने समुदायलाई राज्यले उपेक्षा गरिरहेको बताउँदै, अव संगठित भएर आफ्नो हक अधिकारको पक्षमा एकतावद्ध हुनुको विकल्प नभएको बताए । गणतन्त्र आएपछि सबै हुन्छ भन्ने थियो, नागरिकका अपेक्षाहरु यो व्यवस्थाबाट अपुरा हुनेभए भन्दै, पार्टी ईञ्चार्ज तामाङले, सचेत मान्छेहरु समाजवादी पार्टिमा एकतावद्ध भएर लाग्नुपर्ने बताए ।’

कार्यक्रममा गण्डकी प्रदेशका सह ईञ्चार्ज यामबहादुर घर्ति मगर, गण्डकी प्रदेश समिति अध्यक्ष मोति रिजाल, सदस्यहरु अशोक कुमार विश्वकर्मा, पूर्णबहादुर घर्ति मगर, बागलुङ जिल्ला अध्यक्ष चित्र सापकोटा, प्रकाश राज बगाले लगायतले बोलेका थिए ।

कार्यक्रममा गंगाबहादुर घर्ति मगरले स्वागत र सन्चालन स् कृष्ण सापकोटाले गरेका थिए । कार्यक्रम ‘दरबार होटल’ (ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीको निवास)मा आयोजना गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !