ज्योती लाईफ इन्स्योरेन्सको अभिकर्ता भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न !

निर्मल पौडेल, पर्वत २०७६ भदौ २९ । ज्योती लाईफ इन्स्योरेन्स कुस्मा उपशाखा व्दारा आयोजित अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गोल्डेन होटलको सभाहलमा एक औपचारिक भेटघाट तथा अन्र्तकृया गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्दै एरिया सेल्समेन म्यानेजर मेघराज खड्काले विमाको महत्व तथा कम्पनीको वारेमा प्रष्ट पारेका थिए । यस्तै खड्काले ज्योती लाईफले ल्याएको घातक रोग तथा ज्योती कियर कार्डको महत्वको वारेमा तथा घातक रोगको उपचार ल्याएर नेपालको विमा परिभाषानै परिवर्तन गरेको वताए ।

यसैगरी कार्यक्रंममा विमा योजना तथा महत्वको वारेमा वाग्लुङ व्रान्चको अप्रेशन इन्चार्ज सुृजन पुनले प्रस्टाएका थिए । इन्स्योरेन्सले ज्योती कियर कार्ड शुरु गरेको छ जसले गर्दा विभिन्न साझेदारी संस्थाहरुमा एकै घरका ५ देखी ३० प्रतिशत सम्म उपचार हुने, एयरलाइन्स तथा होटलमा समेत छुट गरेको वताईएको छ । आर्थिक क्षती विरुद्धको सुरक्षाका लागि सम्पुर्ण सुभचिन्तकहरुले ज्योती लाईफमानै आफ्नो जीवन विमा सुरक्षित वनाउन कार्यक्रममा अभिकर्ता हरु लाई जानकारी गराईको थियो । करिव २५ जना अभिकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण कुस्मा उपशाखाका इन्चार्ज सञ्जय शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !