गल्कोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न : ग-योे यस्तो निर्णय !

गल्कोट २०७६ भदौ २९ । गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा शनिवार मल्ममा वडा भेला सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै देश संघिय संरचनामा आईसके पछि साविकको मल्म गाविस अहिले २ वडामा विभाजन भएको र हाल आॅगाखेतमा रहेको वडा कार्यालय वडाबासी जनताको अनुकुल र पायक नभएको भन्दै

हालको वडा कार्यालयमा अर्को विकल्प सहित सरकारी कार्यालय स्थापना गरेपछि सप्ताहघाट क्षेत्रमा वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । भेलाले स्थायी वडा कार्यालय र मल्म स्वास्थ्य चौकी निर्माण गर्नको लागि वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको संयोजकत्वमा १९ सदस्यीय जग्गा व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा लक्ष्मी सार्की, ललित मरासिनी, दल बहादुर थापा, हरिदत्त गौतम, टिका साहानी, राम बहादुर विश्वकर्मा, रुद्र केसी, छुम बहादुर थापा, थम्मन थापा, राम बहादुर थापा, चिरञ्जिवी मरासिनी, बसन्त क्षेत्री, ज्ञान बहादुर थापा, राज कुमार दर्जी, रत्न बहादुर मल्ल, सरोज थापा, भुमिराज थापा, दुर्गा बस्नेत रहेका छन् ।

सो अवसरमा लोक बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा मिना दर्जी, डिल बहादुर परियार, ह। टिका बहादुर थापा, र नारायण केसी रहेका छन् ।

भेलामा वडा सदस्य लोक बहादुर थापाले आफनो मासिक पारिश्रमिक बापतको रकमबाट प्रगति आधारभुत विद्यालयलाई १ शिक्षक व्यवस्थापन गर्ने घोषणा गरे ।

भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी अध्यक्ष ललित मरासिनी, नेपाली काग्रेसका वडा समिति सहसचिव रत्न बहादुर मल्ल, राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा र नेपाल रेडक्रस सोसाईटी मल्मका सभापति डोल बहादुर केसीले शुभकामना मन्तव्य दिएका थिए । भेलामा गलकोट नगरपालिका वडा नं ७ स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, वडाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । वडा भेला गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता, वडा सदस्य लोक बहादुर थापाको स्वागत र पत्रकार थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !