जिसस प्रमुख ढुंगानाव्दारा शान्ति माविको चारकोठे भवनको शिलान्यास : विकास कार्यमा सबै एक हुन आग्रह !

सन्ध्या आचार्य, कुस्मीसेरा, २०७६ भदौ २८ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जैमिनी नगरपालिका १ कुस्मिसेरा स्थित शान्ति माध्यमिक बिद्यालय कुस्मिसेराको चार कोठे भवनकोे आज एक समारोहका बीच शिलान्यास गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बागलुङबाट बिनियोजित रु ७० लाख ४० हजार लागतबाट निर्माण हुने सो भवनको शिलान्यास पछी बोल्दै प्रमुख अतिथि ढुंगानाले दक्षिण भेगको प्रवेश व्दारमा रहेको शान्ति माध्यमिक बिद्यालयले क्षेत्रकै अगुवाई गरी शान्ति सिङ्गो समाज राष्ट्रको अगुवाई गर्ने जनशक्ति उत्पादन गर्न सुझाव दिए ।

राज्यमा बिदेशीदाताको लगानी सहि ठाउँंमा हुनुपर्ने भन्दै, राजनीति बिचार भिन्न भिन्न आस्था बोके पनि बिकासको कार्यमा सबै तह तप्काबाट “यो मेरो हो, हामी सबैको सम्पत्ति हो” भन्ने सोच बनाई साझा हिसाबले बिकासको कार्यमा लाग्न आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष भुपेद्र थापा, शिक्षक अभिभावक संघका अध्यक्ष चित्र प्रसाद चापागाई शान्ति दीप बहुमुखी क्याम्पसका अध्यक्ष हरि प्रसाद शर्मा, उद्योग बाणिज्य संघ जिल्ला सदस्य सकस बहादुुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । शान्ति माध्यमिक बिद्यालयका प्रधानाध्यापक यम वहादुर जिसीको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक भुषण आचार्यले गरेका थिए ।

चारकोठे भवन आउदो पुस मसान्त सम्ममा सम्पन्न गर्ने गरी हिलसाईड निर्माण सेवा प्रा.लि का प्रबन्धक दल बहादुर श्रीस रानालाई ठेक्का दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !