काँग्रेस जागरण अभियान रायडाँडा र नसीखोलामा : नेकपाको सरकार भ्रष्टाचारको अखडा !

भरत सापकोटा, बागलुङ २०७६ भदौ २८ । नेपाली काँग्रेसको जागरण अभियान जारी छ । विभिन्न गाउँपालिका, नगरपालिकाका वडाहरुमा जागरण अभियान सन्चान भैरहेका छन् । शुक्रबार बागलुङ नगरपालिकाको रायडाँडामा राट्रिय जागरण अभियान सम्पन्न भएको छ।

अभियानलाई संवोधन गर्दै केन्द्रीय प्रतिनिधि नवराज गुरुङले कांग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार कम भएको र नेपालको सवै खाले परिबर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको स्मरण गर्दै हालको सरकार स्थायी र दुई तिहाई बहुमत भए जस्तो जनताले अनुभव गर्न नपाएको बताउदै पन्ध्र सालको वीपी नेतृत्वको काङग्रेस सरकारको स्मरण गराए।

सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्र थापाले जनहितका विषयमा केहि सोँच्नु भन्दा भ्रष्टाचारको अखडा बनेको आरोप लगाए।

कार्यक्रममा बागलुङ नगरपालिका रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतम, नेविसंघ जिल्ला अध्यक्ष खडक थापा, , तित्याङका पार्टी सभापति राजु थापा लगायतले उठेको सवालको जवाफ दिएका थिए। भेलामा पदम बहादुर थापा, दुर्गा बहादुर थापा, केदार आचार्य, ग्यानवहादुर बि क, गुमादेवी पाध्या, शेर वहादुर थापा, रत्नाखर शर्मा, नविन शर्मा, चक्रपानी शर्मा, थमवहादुर थापा, डिल्ली प्रसाद शर्मा लगायतले जिज्ञासा राखेका थिए। कार्यक्रम रायडाडा पार्टी उपसभापति भूमिराज आचार्यको सभापतित्व, सचिव मिलन के सि को सन्चालन, मनु देवि शर्माको स्वागत र अध्यक्ष ज्ञानेन्द्र गौतमले विषय वस्तु वारे जानकारी गराएका थिए।

यसैगरी नेपाली काँग्रेसको दोश्रो चरण अन्तर्गत राष्ट्रिय जागरण अभियान शुक्रबार निसीखोला गाउँपािलकाको विभिन्न वडाहरुमा सम्पन्न भएको छ । पार्टीले गत मंगलबारदेखि सुरु गरेको अभियान अन्र्तगत शुक्रबार निसीखोला गाउँपालिकाको वडा नं.४,५ र ६ मा कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस प्रदेश २, ख का सचिब दिपेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका नेपाली काँग्रेस केन्द्रिय सदस्य एंव पुर्व सँविधान सभा सदस्य रेशम वानियाले बोल्दै जनताको आवाज सुन्न र जनतासँग वर्तमान सरकारले गरीरहेको कृयाकलापको बिषयमा बुझ्नका निम्ती आफुहरु सहभागी भएको बताउँदै जनताले चाहेजस्तो सरकारले काम गर्न नसकिरहेको अवस्थामा आफनो पार्टीले प्रतिपक्षको रुपमा खबरदारी समेत गरीरहेको बताए । उनले देशमा भष्ट्राचार, हत्या, हिँसा, महँगी निरन्तर बढिहरेको बताउँदै सरकार जनताको पक्षमा सच्चिएर नगए त्यसको फैसला जनताले गर्ने चेतावनी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !