सिवाईसीको निर्वाचनमा षडयन्त्रको गन्ध : उमेदवारको दोश्रो नामावली प्रकाशनमा किन आनाकानि ?

बागलुङ २०७६ भदौ २७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङको निर्वाचन प्रकृया २०७६ भदौ १७ गते देखी जारी छ । निर्वाचन कार्यक्रम अनुसार भदौ २५ गते उमेदवारी दर्ता, भदौ २६ गते विहान ११ बजे उमेदवारको पहिलो नामावली प्रकाशन र सोहि दिन विहान ११ बजे देखी ५ बजेसम्म उमेदवारको नामावली उपर दाबी बिरोध, भदौ २७ गते दाबी बिरोध माथी छानविन गरी पुन नामावली प्रकाशन विहान ११ बजे रहेको छ । तर आज शुक्रवार विहान ११ बजे उमेदवारको दोश्रो नामावली प्रकाशित नगरी समय थप गरेपछी षडयन्त्र एवं धाँधलीको सुरुवात भएको चर्चा प्रकाशमा आएको हो ।

संस्थाको अध्यक्ष पदमा चण्डीप्रसाद शर्मा र कृष्ण शर्मा दुई जनाको उमेदवारी परेको छ । समाचार श्रोतका अनुसार अध्यक्ष पदका उमेदवार चण्डी प्रसाद शर्मामाथी नेपाल बचत तथा ऋण महासंघ (नेप्सुन) को केन्द्रिय सदस्य भएकोले एक व्यक्ति दुई पदमा रहन नसक्ने भनि दाबी गरिएको छ भने अर्का उमेदवार कृष्ण शर्मालाई पनि यस्तै एकता सहकारीको ऋण समितिको सदस्य रहेको भनि दाबी बिरोध गरिएको छ । तर निर्वाचन समितिले आज शुक्रवार विहान ११ बजे सम्म दाबी बिरोध उपर छानविन गरी उमेदवारको दोश्रो नामावली प्रकाशित गर्ने कार्यक्रम स्थगित गरिएपछ टीकाटिप्पणी हुन थालेको हो । तोकिएको समय भित्र उमेदवारको दोश्रो नामावली प्रकाशित नगरिनु भित्र गम्भीर षडयन्त्र रहेको सदस्य मतदाताहरुले आशंका गरेका छन् । एक व्यक्ति दुई संस्थाको पदाधिकारी वा सदस्य हुन नपाईने प्रावधान भएमा उमेदवारी रद्द हुनुपर्ने सदस्यहरुको भनाई रहेको छ ।

संस्थाको उपाध्यक्ष पदमा गण्डकी थापा अधिकारी, सचिवमा जयराम भारी र सहसचिवमा सुभास आचार्यको मात्र दर्खास्त परेकोले उनिहरु निर्विरोध भएपनि निर्वाचन समितिले घोषणा भने गरिसकेको अवस्था छैन । सदस्य पदमा पनि आवश्यक पद भन्दा बढीको उमेदवारी परेको श्रोतले बतायो ।
निर्वाचन कार्यक्रम

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !