विद्यालय तहमा विपद व्यवस्थापन न्युनिकरणका लागि सचेतना सम्बन्धि कार्यक्रम !

छविलाल पाण्डे, बुर्तिवा २०७६ भदौ २७ । एकिकृत हातेमालो समाज नेपाल सियमले बुर्तिबाङमा विद्यालय तहमा विपद व्यवस्थापन न्युनिकरणका लागि सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरेको छ ।

ग्त बर्षदेखि ढोरपाटन नगरपालिकाका ३ र तमानखोला गाउँपालिकाका २ विद्यालयका गरी पाँचवटा विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन समिती र अभिभाबक विच निरन्तर विपद व्यवस्थापनको बिषयमा छलफल र सचेतना मुलक कार्यक्रम सञ्चालन भएपश्चता पछिल्लो समयमा उक्त कार्यक्रमको प्रभाबकारीताका बिषयमा आज छलफल गरीएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका अन्तर्गत ज्ञानोदय मावि, विद्याविकास मावि, छोरेगाउँ मावि तमानखोला गाउँपालिकाको शान्ति मावि र जनजागृर्ती माविका प्रअ, व्यवस्थापन समिती अध्यक्ष, बुर्तिबाङ स्थित इलाका प्रहरी, इलाका प्रशासन, पत्रकार तथा स्थानीय जनप्रतिनिधीका विचमा छलफल गरीएको बताइएको छ ।

छलफलका क्रममा एकबर्षको अवधिमा विद्यालय तहमा वालबालिकाका लािग आइपर्न सक्ने विपद र त्यसबाट बच्ने उपायका बिषयमा राम्रो प्रभाबकारीता हासिल भएको, विद्यालयका अतिरीक्त कृयाकलापमा विपदबाट बच्ने उपाय विषयक प्रयोगात्मक कार्यक्रम हुने गरेका कारण अभिभाबक तथा विद्यार्थीका लािग विपद न्युनिकरणमा सहजता भएको सम्बन्धित विद्यालयका प्रअले आफनो धारणा राखेका हुन् ।

कार्यक्रममा एकिकृत हातेमालो समाज नेपालका प्रमुख कार्यकारी अधिकृत शंकर विमलीले बोल्दै विपद न्युनिकरणका निम्ती विद्यालय तहबाटै दिइने ज्ञानले महत्वपुर्ण टेवा पुर्याउने बताउँदै आफुहरुको सँस्थाले पाँचवटा विद्यालयमा पुगेर छलफल तथा अन्र्तक्रिया गरीएको, प्राथमिक उपचार बाकस उपलब्ध गराइएको तथा प्रयोगात्मक कार्यक्रम गरीएको बताउँदै आगामि दिनमा गरीब, अपाँग विद्यार्थीका निम्ती छात्रबृर्ति, विद्यार्थी पोसाक, तथा जेष्ठ नागरीक सम्मान जस्ता कार्यक्रमलाई अगाडी बढाउने प्रस्ताब पेश भएका कारण कार्यान्वनमा जाने तयारी रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !