कुस्मा-९ ज्ञादीमा रु २ लाख १७ हजार नगद सहित ४ जना जुवाडे पक्राउ, एक जना फरार !

पर्वत, २०७६ भदौ २७ । कुस्मा नगरपालिका(९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत कुस्मा नगरपालिका-९ बस्नेहरु ३७ वर्षीय दिनेश ढकाल र ३५ वर्षीय नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका-६ घर भएका ३८ वर्षीय उमाभक्त वस्नेत र पर्वत फलेवास नगरपालिका-३ शंकरपोखरी बस्ने ५० वर्षीय राम प्रसाद तिवारी रहेका छन् । एक व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !