नागरिकको शैक्षिक चेतना नउठाएसम्म राज्यको विकास तथा समृद्धि असम्भव – जिसस प्रमुख ढुंगाना

राम सुवेदी, बुर्तिवाङ २०७६ भदौ २७ । ढोरपाटन नगरपालिका वडा नं. २ स्थित अर्नाकोट आधारभूत विद्यालयको ४ कोठे भवनको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुँगानाले शिलान्यास गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई बागलुङको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालय भवन निर्माण गर्न थालिएको हो । कार्यान्वयन इकाईले विद्यालय भवन निर्माणका लागि ७० लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग रहेको छ ।

ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महतको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिकमा रुपमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख ढुँगानाले, ‘नागरिकको शैक्षिक चेतना नउठाएसम्म राज्यको विकास तथा समृद्धि सम्भव नभएको बताए । विद्यालय भवन बन्नु भौतिक विकास होला तर शैक्षिक गुणस्तर कायम गर्न सकिएन र राज्यको शिक्षा निती देश र जनताको जीवनउपयोगी भएन भने, आम नागरिकतहमा कुनै परिवर्तन आउन नसक्ने संयोजक ढुँगानाले बताए ।

‘बागलुङ जिल्लामा यस आर्थिक वर्षमा १५ वटा ४ कोठे भवन, ५ वटा ३ कोठे र १८ वटा २ कोठे भवन निर्माणाधीन अवस्थामा रहेको बताउँदै ढुँगानाले’, आगामी माघ मसान्तसम्ममा कार्य सम्पादन हुनेगरि योजना भवन निर्माणको काम अघि बढाउन विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरोकारवाला अभिभावकहरुलाई सुझाए ।

नगरपालिकामै राम्रो व्यवस्थापन तथा शैक्षिक गुणस्तर कायम गर्न सफल विद्यालय मध्यको सूचिमा रहेको उक्त विद्यालयमा १ सय ७० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक धनबहादुर महतले बताए । ‘थप शैक्षिक विकासका लागि विद्यालयलाई भवन आवश्यक रहेकोले अहिले ४ कोठे भवन निर्माण गर्नु आवश्यक रहेको उनको भनाई छ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !