सरकारले नेपालीलाई सम्वृद्धिको सपना देखाएर कंगाल वनाउन लाग्यो : केन्द्रीय प्रतिनिधि गुरुङ

भरत सापकोटा, बागलुङ २०७६ भदौ २७ । नेपाली कांग्रेसको रास्ट्रिय जागरण अभियान विहिबार भकुण्डेमा सम्पन्न भएको छ। अभियानलाई संवोधन गर्दै केन्द्रीय प्रतिनिधि नवराज गुरुङले सरकारले नेपालीलाई सम्वृद्धिको सपना देखाएर कंगाल वनाउन लागेको आरोप लगाए। जनतालाई सानो भन्दा सानो शिर्षकमा कर लगाई एनसेलको कर छुट दिने कुरा नै यसको उदाहरण हो।

सरकार शान्ति, सुरक्षा तथा जनता केन्द्रित मुद्दामा चुकिरहेको गण्डकी प्रदेश सांसद तथा प्रमुख सचेतक मणिभद्र शर्मा कंडेलले बताए। कार्यक्रममा महासमिति सदस्य जगदिश चन्द्र उपाध्याय, छेत्रिय सभापति चिरन्जिवी गौतम, महाधिवेशन प्रतिनिधि पार्वती आचार्य, जिल्ला सदस्य लक्ष्मी शर्मा, आमन्त्रित सदस्य भवानी कंडेल, नेविसंघ जिल्ला अध्यक्ष खडक थापा, महेन्द्र आचार्य, हरि भन्डारी लगायतका ले उठेको सवालमा जवाफ दिएका थिए।

भेलामा मन बहादुर थापा, दलबहादुर थापा, तुल बहादुर थापा, रेशम थापा, बद्रि पाैडेल, नेत्र शर्मा, डिलकुमारि पौडेल, हरिकला पौडेल, स्रिप्रसाद पौडेल, भिमबहादुर खड्का लगायतले जिग्याषा राखेका थिए।

कार्यक्रम तित्याङ पार्टी सभापति राजु थापाको सभापतित्व, मन बहादुर थापाको सन्चालन, भकुण्डेका वार्ड अध्यक्षका प्रत्यासी दल बहादुर थापाको स्वागत र छेत्रीय सभापति शिव कडेलले विषय वस्तु वारे जानकारी गराएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !