Sorry, that menu does not exist.
 

निसीखोला गाउपालिकामा नेपाली काङ्ग्रेसको भेला सम्पन्न !

कुम्बिर बिश्वकर्मा ,२०७३ चैत २४ । बागलुङ निसीखोला गाउँपालिकाको वडा न। ६ को भल्कोटमा नेपाली काँग्रेसको भेला सम्पन्न भएको छ।
भेलामा साबिक गा बि स निसी एबं बर्तमान निसी खोला गाउपालिका ५र६ का नेपाली काङ्ग्रेसका सभापति सान्तकुमार छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रम सांसद ज्ञान कुमारी छ्न्त्यालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा निसिखोला गाउपालिकाका वडा न ५र६ का पार्टी का उपसभापति हेम बहादुर बुढा मगर स्वागत मन्तव्य र पार्टी कै सचीव सुनिल बिश्वकर्माको सन्चालन रहेको थियो।

उक्त भेलामा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सगर परियार , नेपाल मगर विद्यार्थि संघका केन्द्रीय पूर्ब अध्यक्ष रेनुका काउचा, महाधिवेशन प्रतिनिधि तुलासिङ घर्ति मगर,बिशिष्ट आथित्यता रहेको थियो ।

त्यस्तै अथितिहरुमा पार्टिका बागलुङ जिल्ला सदस्य तारानाथ पौडेल ,केन्द्रिय महाधिवेशन प्रतिनिधि जित शेरचन, महाधिवेशन प्रतिनिधि सागर छ्न्त्याल,जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुवर, निसी खोला गाउपालिकाका सयोजक इन्द्रलाल मल्ल ,नेपाल महिला संघ केन्द्रिय प्रतिनिधि रेशम मल्ल, निसी दलित अगुवा चुले बि क लगायतको सहभागित एवं शुभकामना मन्तव्य रहेको थियो।

कार्यक्रममा प्रमुख आथिती सांसद छन्त्याल लगायत वक्ताहरुले आसन्न स्थानीय चुनावको तयारी गर्ने र विभिन्न गाउपालिका ,नगरपालिकामा पार्टी बिस्तार एबम समिती गठन गरि निरन्तर लाग्न आग्रह गरिएको थियो।

वक्ताहरुले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई विजय गराउन स्थानीय बासीहरु पनि प्रसार प्रचार लाग्न अनुरोध गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply