राजस्थानीहरुबाट बेलुन डिस्को लाईट बरामद !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ २५ । करीब एक घण्टा पहिले राति साढे ८ बजेको समयमा समीक्षालय चोकमा बेलुन डिस्को लाईट बिक्री गर्दै हिँडेका छिमेकी देश भारतको राजस्थानबाट आएका बन्धुहरुको एक हुललाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ ।

भारतको राजस्थान घर बताउने महिला पुरुष र बाल बच्चा सहितको एक हुलले डेढ दुई रुपयाँमा डिस्को लाईट बेचेका र किनेको केहि समयमै लाईट जल्ने (बिग्रने) गरेपछी स्थानीयले प्रहरीलाई खबर गरेको श्रोतले बतायो ।

प्रहरीले निजहरुसंग भएको बेलुन (डिस्को लाईट) जफ्त गरी अब बिक्री नगर्न निर्देशन दिएर छोडेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।
तस्वीर:चन्द्र क्षेत्री, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !