बुर्तिवाङमा काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रम : वानियाँले भने, ‘ काँग्रेस गरीब, दुखी, जनताको पार्टी हो !’

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ भदौ २६ । नेपाली काँग्रेसको दोश्रो चरण अन्तर्गत राष्ट्रिय जागरण कार्यक्रम मँगलबार देखि देशैभर सुरु गरिरहँदा बागलुङ जिल्लाका विभिन्न स्थानमा जागरण कार्यक्रम भएका छन् । यसै सन्दर्भमा बिहिबार ढोरपाटन नगरपालिका २ का विभिन्न स्थानमा जनभेटघाट तथा जागरण अभियान गरिएको छ ।

जागरण कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली काँग्रेस केन्द्रिय सदस्य एंव पूर्व सँविधान सभा सदस्य रेशम वानियाँले नेपाली काँग्रेस गरीब, दुखी, जनताको पार्टी भएको र सबैको हक अधिकारमा सहयात्रा गर्ने लोकत्रान्त्रिक पार्टी भएको बताउँदै आफुहरु जनताको गुनासो, समस्या बुझ्न तथा भेटघाट गर्न जनताको घर दैलोमा आएको बताए ।
बाकनियँले वर्तमान दुई तिहाइको सरकारले जनअपेक्षा वमोजिम काम गर्न नसकेको स्मरण गराउँदै चाहिने भन्दा बढी कुरा गर्ने तर जनताको प्रत्यक्ष समस्यामा सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले आगामि मँसिर १४ गते हुने प्रदेश सभा निर्वाचनमा सहि उमेद्वार चयन गर्न समेत स्थानीय जनतालाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापती दोर्णकुमार कुवँरले जनताका आवाज बोल्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताउँदै जनताको विचमा ठुला सपना बाँडेर काम नगर्ने प्रबृत्ति आफनो पार्टीमा नभएको जिकिर गरे ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधी जित शेरचन ,टेकराज पौडेल, नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष देवेन्द्र घर्ती, प्रदेश जिल्ला सदस्य चुडामणि छन्त्याल, नेपाल महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी लगाएतको आतिथ्यता रहेको कार्यक्रम प्रदेश ख संयोजक नरजँग घतीको अध्यक्षता, प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम वडा नं.२ कोमल्कटिबाङ र रिनाममा सम्पन्न भएको हो ।

त्यस्तै ढोरपाटन नगरपालिका , निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका अन्तर्गतका २२ वटै वडामा आगामि असोज ४ गतेसम्म निरन्तर जागरण अभियानमा
सरिक हुने निर्णय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !