लिमिठाना माबिमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन !

लक्ष्मण बिश्वकर्मा, फलेवास २०७६ भदौ २६ । फलेवास नगरपालिका ७ लिमिठानामा रहेकोे लिमिठाना माबिमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
फलेवास नगर सरकारको शिक्षा ऐन तथा नियमावली २०७५ को नियम २६ को उपनियम १ अनुसार हिजो उक्त समिति गठन गरिएको प्रअ याम प्रसाद शर्माले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देवेन्द्रराज पाण्डे चयन भएका छन् भने सदस्यहरुमा पदेनमा वडा अध्यक्ष हरिराम रेग्मी, शालिकराम पाण्डे, काशिराम पन्त, अनिता रेग्मी रहेका छन् । शिक्षक प्रतिनिधिमा शारदा कुमारी शर्मा र सदस्य सचिवमा प्रअ याम प्रसाद शर्मा रहेका छन् ।
त्यस्तै बल बहादुर थापाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । सदस्यहरुमा बृजलाल सुनार, दिलिप रेग्मी, रमाकान्त पौडेल, शिव बहादुर बिक,पबित्र रेग्मी र शिक्षक यज्ञ प्रसाद लामिछाने रहेका छन् ।

कार्यक्रममा देवेन्द्रराज पाण्डे दोणराज पन्त, साबित्रा तिवारी, आनन्द प्रसाद पौडेल, मोतिप्रसाद रेग्मी, कृष्ण प्रसाद शर्मा सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वडा अध्यक्ष हरिराम रेग्मीको संयोजकत्वमा समिति छनोट गरिएको थियो । गठन प्रक्रियामा मोतिप्रसाद रेग्मी, कृष्ण प्रसाद शर्मा सापकोटा, नारायण प्रसाद पन्त र धर्म प्रसाद शर्माले सहजीकरण गरेका थिए ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक शारदा कुमारी शर्माको स्वागत मन्तव्य र कार्यक्रमको संचालन विधालयका प्रअ याम प्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !