समाजसेवी श्रीव्दारा क्यान्सर पीडित परियारलाई रु ५३ हजार आर्थिक सहयोग हस्तान्तरण !

निर्मल पौडेल, पर्वत २०७६ भदौ २६ । कुस्मा नगरपालिका वडा नम्बर ४ का आन्द्राको क्यान्सरबाट पीडित मिनबहादुर परियार खड्कालाई समाजसेवी एवं कलाकार लक्ष्मण श्रीले रु ५३ हजार ५ सय रुपैँया आर्थिक सहयोग हस्तान्त्रण गरेका छन् । समाजसेवी श्रीको पहलमा संकलित सो रकम घरमै पुगेर पीडितलाई रकम हस्तान्तरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

श्रीले आफ्नो तर्फवाट रु ५ हजार ७ सय, धनवहादुर परियार रु ५ हजार, सुनिल नेपाली रु ५ हजार, सरु सुनाम रु ५ हजार, अमृत सेवा रु ५ हजार, दिल वहादुर किसान रु ५ हजार, मोहन केसी रु ५ हजार, परशु वोहोरा रु २ हजार, तुलसी परियार रु २ हजार, सुनिल कम्प्युटर इन्सिच्युट वाट रु १३ हजार ७ सय गरी रु ५३ हजार ७ सय हस्तान्त्रण गरिएको हो ।

पीडित र उनकी श्रीमतीलाई रकम हस्तान्त्रण गर्दै समाजसेवी श्रीले सहयोग रकम थोरै भएपनी पीडितको घाउमा मल्हम पुग्ला भनेर निस्वार्थी भावनाले उक्त रकम सहयोग गरेको वताए । आफ्नो एक मात्र स्वार्थ खड्क परियार वचाउनु रहेको भन्दै आगामी दिनमा खड्का वचाउँ अभियान नै चलाएर अगाडी वढ्ने वताए । दिन र रोग लाग्ने कुनै मिती हेरेर नलाग्ने र जस्लाई पनि लाग्न सक्ने भन्दै एकले अर्कालाई दुखको वेलामा सहयोग गर्नु नै मानव धर्म हुने वताए ।

लामो समयदेखी समाजसेवा र कलाकारितामा लागेका श्रीले पीडित परियार खड्कालाई सहयोग गरी जीवनको रक्षा गरिदिन सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दै सहयोगी मनलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !