बागलुङमा किन यस्तो हानथाप ?

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ २५ । बडीगाड गाउपालिका ५ की एक २४ वर्षिया महिलाले आत्महत्या गरेर ज्यान फालेको हप्ता दिन नबित्दै बागलुङ नगरपालिकाका एक युवकले झुण्डिएर ज्यान फाल्ने प्रयास गरेका छन् ।

आज बुधवार दिउसो साढे १२ बजेको समयमा बागलुङ नगरपालिका ५ बोक्सेको गैरामा २२ वर्षिय प्रेम दर्जीले आफुले कामगर्ने पोल्ट्री (कुखुरा) फर्ममा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा स्थानीय एक महिलाले देखेपछी वरपरकालाई भनेर डोरी काटेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउदा साथै घटनास्थल पुगेर निजलाई प्रहरीकै गाडीमा धौलागिरी अस्पतालमा उपचारार्थ भर्ना गरेकोमा यहा उपचार संभव नभएपछी पोखरा गण्डकी अस्पताल रिफर गरी उपचार भैरहेको जनाईएको छ ।

बागलुङ जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आत्महत्यालाई निरुत्साहित गर्न तत्कालै सचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने स्थानीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !