हिल घुस्मेलीका कृष्ण केसी शनिवार देखी बेपत्ता !

थम्मन थापा, ताराखोला २०७६ भदौ २५ । ताराखोला गाउॅपालिका वडा नं ३ हिल घुस्मेलीका कृष्ण केसी गत शनिबार देखि बेपत्ता भएका छन । मानसिक असन्तुलन भएका ४२ वर्षिय केसी शनिबार दिउॅसो १२ बजेको समयमा घरबाट केहि नभनी निस्किएको र ५ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए।

केसीलाई सोहि दिन दिउॅसो ३ बजेतिर काक्राखोरमा स्थानियले देखेको तर त्यस पश्चात उनी कता लागे भन्ने जानकारी नभएको स्थानियले बताएका छन । उनी परिवार र आफन्त सॅगको सम्पर्कमा नभएपछि ताराखोला गाउॅपालिका वडा नं ३ का जनप्रतिनिधीहरु, प्रहरी, स्थानियबासी, घरपरिवार र आफन्तजनले खोजी कार्य तिव्र पारेका छन । यद्यपी वेपत्ता केसीको अहिले सम्म कुनै अत्तोपत्तो पाउन नसकिएको वडा अध्यक्ष बस्नेतले बताए । उनको वडा नं ३ भित्रका सबै गाउॅ टोल, वन जंगलमा खोजी कार्य गरिरहेको र अन्य स्थानमा समेत नेपाल प्रहरी, जनप्रतिनिधी, आफन्तजन मार्फत जानकारी गराईएको बेपत्ता केसीका भाई लक्ष्यमण केसीले जानकारी दिए। उनले दाजु कृष्ण केसीको खोजी कार्यमा सहयोग गरिदिन प्रहरी प्रशासन, जनप्रतिनिधी, पत्रकार, सरोकारवाला सबैलाई अपिल समेत गरेका छन् । बेपत्ता केसीको घरमा श्रीमती ३ छोरा र १ छोरी रहेको पारिवारिक श्रोतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !