पतञ्जली योग समितिको अधिवेशन : स्वस्थ्य जीवन यापनको लागि योग अपरिहार्य – बास्कोटा

कोपीला कंडेल बागलुङ २०७६ भदौ २५ । पतञ्जली योग समिति बागलुङको चौथो साधारण शभा तथा दोस्रो अधिवेशन नयां नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले हरि प्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हिरा बहादुर केसी कल्पना श्रेष्ठ, सचिवमा धन बहादुर कार्की र कोषाध्यक्षमा दुर्बलकाजी राजभण्डारी र सहसचिवमा पार्वती शर्मा रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुमा सीता कंडेल रश्मी शाक्य चन्द्रकला छन्त्याल शकुन्तला श्रेष्ठ लगायत रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष लक्ष्मी बास्कोटाले स्वस्थ्य जीवन यापनको लागि योग अपरिहार्य रहेको बताईन । योगको माध्यमबाट भविष्यमा हुनसक्ने सम्भावित रोगहरुको प्रकोप कम गर्न सकिने चर्चा गर्दै वडा अध्यक्ष बास्कोटाले आनीबानीमा सुधार गर्नुपर्नेमा जोड दिईन् ।

सो अवसरमा गण्डकी प्रदेशका उपाध्यक्ष किरण भामा श्रेष्ठ, रत्न श्रेष्ठ र केन्द्र रसायली लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सो अवसरमा पतञ्जली योग समितिका सचिव हिरा बहादुर केसीले प्रगति र कोषाध्यक्ष कल्पना श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम पतञ्जली योग समिति बागलुङका कार्यबाहक अध्यक्ष हरि प्रसाद उपाध्यायको अध्यक्षता, सहसचिव धन बहादुर कार्कीको स्वागत मन्तब्य र सचिव हिरा बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !