सिटिजन लाइफ इन्स्योरेन्स व्दारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण !

सन्ध्या आचार्य, पर्वत २०७६ भदौ २५ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ तथा पर्वत शाखाले पर्वतको एक विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका ४ गहते स्थित अम्वोट आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिका प्रवतmा एवं गाउँ शिक्षा समिति वडा नम्वर ४ का वडा अध्यक्ष टिकाराम पौडेलको प्रमुख आतिथ्यता तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पर्वत शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा,सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका शाखा प्रबन्धक कमला चापागाई, शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतका संयोजक यज्ञ शर्मा, शिक्षक अभियान संघका अध्यक्ष बाबुराम शर्मा, पर्वतका कान्तिपुर संवाद दाता अगन्धर तिवारी ,लगायत रहनु भएको थियो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पर्वत शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका शाखा प्रबन्धक कमला चापागाईले विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवरलाई प्रिन्टर तथा फर्निचर हस्तान्तरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !