बडीगाडकी भीमकली सुनारको आत्महत्या : यस्तो छ, सहकर्मी प्रेम सुनारको रिपोर्ट !

प्रेम सुनार, बागलुङ २०७६ भदौ २५ । बागलुङ जिल्लाको बडीगाड गाउपालिका ५ बाहादीपकी २४ वर्षिया भीमकली सुनारले झुण्डिएर आत्महत्या गरेको घटना यतिबेला चर्चामा छ । मृतककी जेठानी तिलमायाँ सुनारले ‘कुखुरा छ कि‘’ भनेर देउरानी भीमकली कहाँ सोध्न जाँदा छिमेकी युवक मदन बलालसंग आपत्तिजनक अवस्थामा देखेपछी निज युवक झ्यालबाट हाम्फाली भागेको बताएपछी घटना डढेलोको आगो झैँ फैलिएको हो ।

केहि दिन अघि बागलुङको बडिगाड गाउँपालिकाको यौनकाण्डका आरोपी युवालाई स्थानियले उन्मुक्ति दिई महिलालाई भने चरम मानसिक यातना दिईदा ती महिला झुण्डिएको अवस्थामा फेला परेकी थिईन ।

दलित महिला संग लसपस गर्ने आरोप लागेका मगर समुदायका एक युवालाई बचाउन केहि जनप्रतिनिधी र बुर्तिबाङ ईलाका प्रहरी कार्यालय समेत लागेको घटना क्रमले देखाएको छ ।
बडिगाड गाउँपालिका वडा नम्वर ५ , साविक ग्वालीचौर गाविसको वायादिप गाउँकी २६ बर्षीया भिमकली सुनार भदौं २० गते दिउँसो करिव ३ बजेको समयमा आ फ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन ।

उनका श्रीमान देउमान सुृनार बैदेशिक रोजगारका लागि मलेशियामा रहेको बेला त्यस घटनाको अघिल्लो दिन राती उनका परिवारजनले स्थानिय एक युवक मदन वलाल मगर र भिमकली सुनारलाई उनकै घरको एउटै विस्तरामा सुतेको फेला पारेका थिए ।

त्यस राती मेरो छोरी विरामी परेको र धामीले कुखराको चल्लाले झार्नु पर्छ भने पछि म कुखरा लिन भनि मेरी भाई बुहारी भिमकलीको घरमा मेरो श्रीमान र मेरो भाई सहित .. जना पुगेका थियौं, मृतक भिमकलीकी आमाजु दिदी दिलमाया सुनारले भनिन मैले ढोका खोल भने । उनले धेरै बेर सम्म ढोका खोलिनन , मैले ढोकाको चरबाट हेरें, मैले चिनेको छिमेकी मदन बलाल संग बुहरी रातो कम्वल ओढेर संगै सुतेको देखेकी थिएँ ।

के गरेको यस्तो मेरो भाई भने विदेशमा दुख गरेर बसेको छ भनेर सम्झाएँ । केहि बेरमा ती केटा पछाडीबाट भागेर गए । उनको टोपी चप्पल र मोवाईल त्यही विस्तारा मै थियो , ७ बर्षकी छोरीलाई भने अलि पर सेतो कम्वल ओढाएर सुताईएको थियो, उनले भनिन ।

उनका श्रीमान रविलाल भन्ने धनबहादुर सुनारले पनि आफुले छिमेकी आफुले चिनेको मदन बलाललाई आफुले पनि भिमकली संगै विस्तरामा सुतेको दखेको बताए । उनी केहि बेरपछि पछाडीबाट हाम्फालेर भागे , हामीलेले उनलाई समात्न दौडिदै गयौं , तर अँध्यारामा उनलाई फेला पार्न सकेनौ र उनी भागेको भागै भएका छन् ।

भिमकलीका देवर ओमबहादुर सुनार पनि त्यस रंगेहात फेला पारेको भनिएको घटनामा पुगेको बताए । हामी उनीहरु दुई जना संगै सुतेको देखेका हौ, उनी भागे पछि उनका बारेमा बोल्न खोज्न सकेका छैनौं , हामी सानो जात भईयो उनीहरु मगर ठुुलो जात भएकोले बोल्न नसकेका हौं उनले भने ।

रंगेहात देखेको भनिएका बलाल भागे पछि परिवारजन र आफन्तहरुको आक्रोषको शिकार भईन उनै भिमकली मात्रै । उनलाई मुखमा थुक्ने देखि जगल्टाउने सम्म गरियो ।
नानथरी गाली गलौज गरेर चरम मानसिक यातना दिन थालियो । अर्को दिन विहान देखि दिउँसो अबेर सम्म छिमेकीहरुले उनलाई घेरेरे केरकार गरे । उनका पक्षमा बोल्ने कोही नभए पछि उनी मौन बसीन् ।

उनका माईती पक्षले फोनमा चासो राख्दा भिमकली नमर्दै मरि सकी भनेर भनियो । उनका दाजु हुमबहादुर सुनार भन्छन हामीले त राती के भयो भन्ने देखेनौं अर्को दिन झुण्डिएको थाह गरेपछि म पुग्दा बहिनीका खुटटाले भुँई टेकिएको थियो । घाउ चोट केही नदेखेकोले आत्माहत्या नै गरेकी होला भनेर बुर्तिबा प्रहरी चौकीमा गएका हौं । वुर्तिबा प्रहरी चौकीमा गएपछि आफुहरुले बहिनीलाई अघिल्लो दिन राती एक जना केटा सग देखेको भनेका छन परिवारले भनेका हौं , दाजु हुमबहादुर सुनारले उनकी श्रीति, र भाउजुृहरुले भने यस्ता कुरा उठाउँदा ५० लाख भन्दा बढि खर्च हुन्छ भने पछि हामी अगाडी बढ्न सकेनौं ।

बुर्तिबा ईलका प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले भने अघिल्लो रात के भएको थियो भन्ने घटना आफुहरुलाई कसैले नभनेको जिकिर गर्दै झुण्डिएर मृत्यु भएको घटना मात्रैको मुचुल्का तयार पारि जिल्लामा पठाएको बताए ।

त्यस अघिको एउटी महिला माथी भएको त्यति ठुलो ज्यादतीको घटना बारे किन लापर्बाही गर्नु भयो त ? भन्ने प्रश्नमा उनले भने परिवारका कसैले पनि त्यो कुरा नभनेपछि हामीले के गर्ने ?
त्यस वडाका वडाध्यक्ष अर्जुनप्रसाद खरेल समेत त्यस अघिल्लो रात घटनाको अर्को दिन विहान स्थानियको अनौपचारिक छलफलमा पुगेको बताए । एउटा केटा संग राती भिमकली संगै सुतेको भन्दै थिए ।

त्यो केटा त्यहाँ नदेखिए पछि के आधारमा कुरा गर्ने हो, ती महिला पनि बोल्दै बोलिनन , म अलि हतारमा भएकोले त्यति कै छोडेर हिडेको हुँ, वडाध्यक्ष खरेलले भने । तपाई जस्तो वडा सरकार प्रमुखले पनि त्यति ठुलो घटनामा त्यति कै छा्ड्न मिल्थ्यो ? जसका कारण महिलाको ज्यान जान पुग्यो नि भन्ने प्रश्नमा उनले थोरै कम्वजोरी भएको स्वीकार गर्दै अब भने त्यस घटनाका बारेमा आफुले सम्वन्धित निकायलाई छानविन अनुसन्धानका लागि आफुले पहल गर्ने बताए ।

ब्बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले भने वडाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधी जस्तो ब्यक्तिले अघिल्लो दिनको घटनाबारे दुबै पक्षलाई जुटाउनु पर्नेमा कम्जोरी भएको आफुले महशुस गरेको बताए । त्यस्तै ईलाका प्रहरी कार्यालय बुर्तिबा ले पनि अघिल्लो दिनको घटना उल्लेख नै नगरि दोश्रो दिन उनी झुण्डिएर मृत्यु भएको घटना मात्रै मुचुल्का बनाएर पठाउनुले कम्जोरी भएको छ अध्यक्ष पाईजाले भने अब गाउँपालिकाको तर्फबाट त्यस घटनाको गम्भीर रुपले छानविन र अनुसन्धान गर्न सम्वन्धित निकायको ध्यानकृष्ट गराईने छ ।
बाग्लु जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी. झविन्द्र भट्टराईको अघिल्लो दिनको घटनाबारे ध्यानकृष्ट गराउँदा जिल्लालाई ईलाकाले जानकारी नै नगराएको बताए । हामीलाई ह्या िकेश मात्रै भनेर आएको छ , अघिल्लो दिनको घटनाबारे तपाई र अन्य मानिसबाट पनि फोन आएको छ । अब हामी अनुसन्धान गर्ने छौं डिएसपी भट्टराईले भने । त्यसको केहि घण्टा पछि रंगेहात देखेको भनिएका भिमकलीकी आमाजु दिलमाया र उनका श्रीमान रविलाल भन्ने धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरि बाग्लु पठाएको वुर्तिबाङका प्रहरी प्रमुख खड्काले बताए । ती आरोपी मदन बलाल बारे भने यो समाचार तयार पार्ने बेला सम्म प्रहरीले केहि बोलेको छैन ।

यस घटनालाई लिएर ईबागलुङका संपादक एवं गुल्मीको ओझेलको खवरका संचालक सन्चारकर्मी प्रेम सुनारले तयार पारेको रिपोर्ट (भिडियो) यस्तो छ, सुनौ :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !