आफ्नै भतिजीलाई कुकृत्य गर्ने अभियुक्त प्रहरी नियन्त्रणमा !

भरत सापकोटा बिहुँ (बागलुङ) २०७६ भदौ २५ । महिलाहरुको महान पर्व हरितालिका तीजको दरखाने दिनमा कक्षा ५ मा अध्ययनरत वर्ष ११ की आफ्नै भतिजीलाई कुकृत्य गर्ने काठेखोला गाउपालिका ५ बिहुँ सिर्पालीका ६१ वर्षिय अभियुक्त चन्द्रबहादुर सुनारलाई बिहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको दिन देखी फरार रहेका सुनारलाई आज पक्राउ गरिएको प्रहरी चौकी बिहुँका प्रमुख प्रहरी सहायक निरीक्षक भोज बहादुर गुरुङले जानकारी दिए ।

वारदात गत भदौ १४ गतेको भएपनि पीडित किशोरीकी आमाले भदौ २४ गते मात्र प्रहरी समक्ष उजुरी गरेकी थिईन् । स्थानीयका अनुसार पीडितका परिवार अति विपन्न भएकाले समय मै हार गुहार गर्न नसकेको बताएका छन् ।

पक्राउ परेका अभियुक्त सुनारले मादक पदार्थ सेवन गरी नसाले मातेको बेला पहिले पहिले यस्तो कुकृत्य गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । निजलाई आवश्यक कार्बाहीका लागी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईने प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।

पीडित किशोरीको हिँजै मंगलबार स्वास्थ्य परीक्षण भएको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !